Developed By Kuldeep Sharma

सुनको भाउ आज एक हजार रुपैयाँले घट्यो

काठमाण्डाै – केही दिनदेखि लगातार घटेको सुनको भाउ आज पनि घटेको छ ।

आज तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma