Developed By Kuldeep Sharma

सेवा प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीको प्रतिबद्धता

चन्द्रौटा,११ पुस
कपिलवस्तुको शिवराज नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले सेवालाई प्रभावकारी बनाउने  प्रतिबद्धता जनाएका छन् । नगरपालिकाले शनिवार र आइतबार सञ्चालन गरेको क्षमता अभिवृद्धि तालिम पश्चात् २५ बुँदे प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् ।
शिवराज नगरपालिकाले प्रदान गर्दे आएको सेवालाई थप प्रभावकारी बनाउँदै सहज रूपले नागरिकहरूलाई सेवा दिनको लागि जनप्रतिनिधि र कर्मचारीहरूको हस्ताक्षर सहतको प्रतिबद्धता पत्र जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिनुभयो ।
दुई दिने तालिममा वडा अध्यक्ष र वडा सदस्यहरूको काम कर्तव्य अधिकार र वडा अध्यक्षलाई कानुनले दिएको ३६ वटा सिफारिस बारे जानकारी दिएको थियो ।
तालिमको समापन सत्रमा शिवराज नगरपालिकाका मेयर अजय थापाले शिवराज नगरपालिकालाई हरेका कार्यमा अगाडी बढाउँदै स्माट नगर बनाउने बताउनुभयो । जनप्रतिनिधि र कर्मचारीको साथ बिना कुनै पनि काम सम्भव नहुने बताउँदै क्षमता वृद्धिको लागि उक्त तालिम आयोजना गरिएको बताउनुभयो । थापाले आगामी शैक्षिक सत्र देखि माध्यमिक तहलाई शिवराज नगरपालिकाले निःशुल्क गर्ने गरी काम अगाडी बढाएको जानकारी दिनुभयो  ।
शिवराज नगरपालिकाले वडा न.३ मा पृथ्वी नारायण शाहको सालिक निर्माण गर्ने बताउनुभयो । विकट क्षेत्र धान– खोला देखि बनकस सम्मका  विद्यार्थीहरूलाई  विद्यालय  आउन सक्ने वातावरण बनाउनका लागि  बालबालिकाहरूलाई  यातायातका लागि इन्धन दिने निर्णय गरेको बताउनुभयो । ज्येष्ठ नागरिकर र अपाङ्गता भएका व्यक्तिहरूलाई बैङ्किङ शिविर मार्फत सामाजिक सुरक्षा भत्ता माघ महिना देखि वडा स्तरीय वाट वितरण गरिने बताउनुभयो ।
मेयर थापाले तालिम पछि जारी गरिएको २५ बुद्धे प्रतिबद्धता पत्र पुर्णरुपमा कार्यान्वयन गरिने  र पाकिललाई नमुनाको विकास गर्नुपर्ने जनाउनुभयो ।
उपप्रमुख शिव कुमारी थारुले नगरपालिकाले धेरै कानुन बनाइ सकेको र केही कानुनहरू बनाउने चरणमा रहेको बताउनुभयो । तालिममा कर्मचारी तथा जनप्रतिनिधिहरूको कामको बारेमा पूर्ण जानकार भएकोले सेवा प्रवाहमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो । क्षमता अभिवृद्धि तालिमको सहजीकरण संविधानविद् काशीराज दाहालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma