

नेपाल बिद्यार्थी संघले शिवराज नगरपालिकाको २ ओटा क्याम्पसमा समिती गठन गरेको छ । समयथान बहुमुखी क्याम्पस खरेन्द्रपुर र नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरमा इकाई कार्यसमिती गठन गरेको हो । नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरमा दिवाकर उपाध्ययको सभापतित्वमा समिती गठन गरिएको हो । समितिको उपसभापतिमा सुप्रीया क्षेत्री , बृजलाल गुप्ता , सचिवमा कपिलदेव धोबी , मुस्कान पाण्डे, सहसचिव तोहिद खान , माधवी भारती , कोषाध्यक्षमा सन्दिप यादव चयन भएका छ्न । यस्तै सदस्यहरुमा शिवरत्न यादव , बिधा कुमारी बढइ , निलम चौधरी , निमा यादव , राजेस यादव मन्दिसा भट्टराई , ममता पाल ,अर्चिता पाल अजय चौधरी , सहवान अलि र उषा चौधरी चयन भएका हुन । समिती गठन कार्यक्रम नेबिसघ जिल्ला कार्यवाहक सभापती माधव पौडेलको सभापतित्व , जिल्ला उपसभापति हुमाकान्त खनालको प्रमुख आतिथ्यता , जिल्ला सचिव प्रेम बहादुर रायमाझी , जिल्ला प्रवक्ता इश्वरि प्रसाद पाण्डे , पुर्व सचिव बिनोद नेपाल , जिल्ला सदस्य हरि प्रसाद पोखरेल , केसव पाण्डे र युवा नेताहरू विशाल गुप्ता र राजु खरालको उपस्थितिमा समिती बिस्तार गरिएको हो । यस्तै समयथान बहुमुखी क्याम्पस खरेन्द्रपुरमा राम नरेस चौहानको सभापतित्वमा समिती बनाइएको छ । उपसभापतिमा हेमन्त कोहार , रजनी अदइ सचिवमा अरवाज खान , प्रबिना ज्ञवाली , सहसचिवमा लिला खनाल , फुलमती यादव कोषाध्यक्षमा रमेस बरइ रहेका छ्न । प्रथना खाती , सृष्टि थारु , मनोज कुमार चौधरी , किरन चमार लगाएतका सदस्य रहेका छ्न ।


प्रतिक्रिया