Developed By Kuldeep Sharma

शिवगढीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरौँ : मन्त्री यादव

माधव बेल्वासे
चन्द्रौटा,४ फागुन
लुम्बिनी प्रदेशका उद्योग पर्यटन विकास तथा यातायात मन्त्री जानकी प्रसाद यादवले शिवगढीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताउनुभयो । ऐतिहासिक तथा धार्मिक स्थलको रूपमा चिनिने शिवगढीलाई अब पर्यटन सँग जोडेर विकास गर्न आवश्यक रहेको जिकिर गर्नुभयो । कपिलवस्तुको शिवराज नगरपालिका ९ रमुवादहमा आयोजित शिवरात्रि मेलाको विहिवार उद्घाटन गर्दै मन्त्री यादवले प्रदेश सरकार बाट शिवगढी पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो ।
शिव गढीलाई कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा स्थानीयहरूको सल्लाहमा डिपिआर निर्माण गरेर पर्यटनको हबको रूपमा विकास गर्न जरुरी रहेको बताउनुभयो । युद्धका क्रममा प्रयोग भएको विभिन्न सामाग्री शिवगढीमा रहेकोले ती सामाग्रीहरूलाई आकर्षणको केन्द्र विन्दु बनाउनुपर्ने बताउनुभयो । ‘शिवगढी ऐतिहासिक क्षेत्र हो,अहिले शिवगढी पुग्न केही समस्या छ यसलाई समाधान गरेर पर्यटकीय क्षेत्र बनाउनु आवश्यक छ, यादवले भन्नुभयो, ‘शिवरात्रिको समयमा मात्र हैन अन्य समयमा पनि भक्तजनलाई शिवगढी पुराउनुपर्छ, ।’
कार्यक्रममा शिवराज नगरपालिका वडा ९ का अध्यक्ष गोपाल थारुले शिवगढी कपिलवस्तुकै ऐतिहासिक तथा धार्मिक स्थल रहेको बताउनुभयो । शिवगढीको विकासमा प्रदेश र केन्द्रले उपेक्षा गरेको भन्दै यसै क्षेत्रले मन्त्री पाएकोले विकास हुनेमा आशावादी रहेको जिकिर गर्नुभयो । एकीकृत समाजवादीका केन्द्रीय सदस्य मिना परियारले शिव गढीलाई उत्कृष्ट गन्तव्यको रुपका विकास गर्नुपर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्र शिवराज नगर समितिका कार्यवाहक अध्यक्ष चिन्ता परियारले प्रदेशको राजधानी सँग सटेको शिव गढीलाई प्रदेश सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । स्थानीयहरूको संरक्षण अहिले सम्म शिवगढी रहेकोले अब गुरुयोजना तयार गर्नुपर्ने जिकिर गर्नुभयो ।
शिवगढी साइनिङ स्टार युवा क्लबको आयोजनामा भएको मेला ३ दिन सम्म चल्ने मेला संयोजक प्रकाश रोकाले बताउनुभयो । मेलामा कलाकारको प्रस्तुति सँगै मन्दिरमा पूजापाठ हुने रोकाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma