

नवराज पौडेल कपिलवस्तु
फागुन २५ गते विहिबार
जिल्ला कराते महासंघ कपिलवस्तुको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । विहिबार कपिलवस्तुको बाणगंगा नगरपालिका ४ नम्वर जितपुरमा जिल्ला भित्रका ६५ खेलाडीहरुको सहभागितामा तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको हो । कराते संघ कपिलवस्तुका पुर्व अध्यक्ष रामु सुनारको अध्यक्षतामा सम्पन्न अधिवेशनले सागर खासु मगरको अध्यक्षतामा १३ सदस्यीय नयां समिती चयन गरेको छ । जसको महिला,उपाध्यक्षमा सरिता वि.क, उपाध्यक्षमा डोम बहादुर सुनार,सचिवमा नवराज पौडेल,कोषाध्यक्षमा रमेश थारु च्यन भएका छन् । भने सदस्यमा क्रमश शुशिल थारु,प्रशान्त पुन,निरु पोख्रेल,रविना सुनार,केशव थापा,यज्ञराज थारु, र सागर पुन चयन भएका छन् ।
यसैगरि क्षेत्रिय प्रतिनिधीमा रामु सुनारको संयोजकत्वमा सागर खासु मगर,डोम बहादुर सुनार,सविना आर्चाय,र नवराज पौडेल गरि ५ सदस्यीय समिती गठन गरिएको छ ।
जिल्ला कराते संघको भेलाले जिल्ला खेलकुद विकास समितीका सचिव मिन प्रसाद पोख्रेलको संयोजकत्वमा जिल्ला कराते प्रशिक्षक हेमन्त श्रेष्ठ, बाणगंगा डोजोका संस्थापक अध्यक्ष तथा मुख्य प्रशिक्षक डम्वर बहादुर सोमै र रामु सुनार गरि ५ सदस्यीय सल्लाकार समिती गठन गरिएको छ ।
तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनलाई सम्वोधन गर्दै जिल्ला खेलकुद विकास समितीका सचिव एंव कार्यालय प्रमुख मिन प्रसाद पोख्रेलले जिल्लामा कराते खेलको विकासमा आफुले कुनै कसर बांकी नराख्ने बताउदै नयां समितीका पदाधिकारीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।
सभामा जिल्ला खेलकुद विकास समितीका सदस्य एवं बाणगंगा नगरपालिका खेल संयोजक बासुदेव घिमिरे, डम्वर वहादुर सोमै लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


प्रतिक्रिया