कपिलवस्तुको शिवराज नगरपालिका–७ मा वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ। बुधबार एक कार्यक्रमबीच वडा अध्यक्ष अनुप कुमार चौधरीले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा अध्यक्ष चौधरीले खेलकुदले युवा पुस्तामा सकारात्मक ऊर्जा भर्ने र सामुदायिक एकता प्रवर्द्धन गर्ने बताउनुभयो।
उहाँका अनुसार यस्ता प्रतियोगिताले युवालाई गलत बाटोबाट टाढा राख्दै खेलकुदतर्फ आकर्षित गर्ने विश्वास गरिएको छ। उद्घाटन कार्यक्रममा स्थानिय जनप्रतिनिधि, खेलप्रेमी दर्शक, तथा सहभागी टिमका खेलाडीहरूको उत्साहजनक उपस्थिति थियो।
प्रतियोगितामा वडा नं. ७ भित्रका विभिन्न टिमहरूले भाग लिइरहेका छन्। खेलहरु स्थानीय खेल मैदानमा हुँदैछन्
प्रतिक्रिया