

कपिलवस्तु ।
नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एहसान अहमद खाँले आफ्नो १० बुँदे घोषणापत्र सार्वजनिक गरेका छन्। पत्रकार सम्मेलन गरि सार्वजनिक प्रतिबद्धतामा उनले क्षेत्रको समग्र विकासलाई केन्द्रमा राख्दै आगामी पाँच वर्षभित्र पूरा गर्ने योजनाहरू सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा गोबरी सुदृढीकरण (सिंचाइ) आयोजना सम्पन्न गर्ने, नदी कटान नियन्त्रण तथा तटबन्ध विस्तार गर्ने, प्रदेशस्तरीय बाल तथा महिला प्रसूति अस्पताल स्थापना गर्ने, वन विज्ञान तथा कृषि व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ।
त्यस्तै सामुदायिक तथा धार्मिक विद्यालयलाई निजी सरह सुविधा सम्पन्न बनाउने, कृष्णनगरमा अन्तर्राष्ट्रिय सुरक्षा बल क्याम्प स्थापना गर्ने, शिवराजमा औद्योगिक करिडोर तथा विजयनगरमा कृषि, काठ र पशुपन्छी औद्योगिक करिडोर स्थापना गर्ने योजना समेटिएको छ।
पर्यटन प्रवर्द्धनका लागि कृष्णनगर सुपा देउरालि स्वर्गद्वारि भ्रमण को लागि भन्सार र कर छुट सम्बन्धी कानुन निर्माण गर्ने तथा तेस्रो मुलुकका पर्यटकका लागि कृष्णनगरमा इमिग्रेसन कार्यालय स्थापना गर्ने विषय पनि घोषणापत्रमा उल्लेख गरिएको छ। हुलाकि सडक पुरा गर्ने प्रतिवद्वता जनाएका छन |
उम्मेदवार खाँले कपिलवस्तु क्षेत्र नम्बर ३ अझै गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै घर–घरमा मत माग्न आउने उम्मेदवारसँग “किन यो क्षेत्र पछाडि परेको छ?” भन्ने प्रश्न गर्न मतदातालाई आग्रह गरेका छन्। उनले अब नाराभन्दा परिणाममुखी काम आवश्यक रहेको बताउँदै आफूले विकास र सुशासनको एजेन्डासहित चुनावी मैदानमा उत्रिएको दाबी गरेका छन्।


प्रतिक्रिया