Developed By Kuldeep Sharma

१ महिना अगाडि

तेस्रो शिवगढी कपको च्याम्पियन बन्यो स्पोर्टिङ् ।।

कपिलवस्तु -तेस्रो शिवगढी कपको च्याम्पियन आयोजक शिवगढी स्पोर्टिङ बनेको छ । तेह्र दिन अघि देखि शिवराज नगरपालिका वडा न ९ को खेल मैदानमा भएको तेस्रो शिवगढी कपमा गोल्डेन स्टार युवा क्लब बनियाभारलाई ० को बिरिद्ध २ गोलले पराजित गर्दै आयोजक शिवगढी स्पोर्टिङ युवा क्लब च्याम्पियन बनेको हो ।
महिला तर्फ पनि आयोजकले नै उपाधि चुमेको छ शनिबार भएको महिलातर्फको फाईनलमा जयबुद्धलाई १ का बिरुद्ध २ गोल गर्दै आयोजकले उपाधी चुमेको हो ।
जयबुद्धले निर्धारित समयको पहिलो हाफमा बनाएकाे अग्रतालाई जोगाउन नसक्दा १ का बिरुद्ध २ गोलले पराजित भएको हो ।
पुरुष तर्फको बिजेता स्पोर्टिङले नगद ५० हजार कप मेडल र प्रमाणपत्र जितेको छ त्यस्तै उपबिजेता गोल्डेन स्टारले नगद २५ हजार कप मेडल प्रमाणपत्र जितेको छ ।
बिजेता र उपबिजेतालाई क्लबका अध्यक्ष अशोक पुन वडा अध्यक्ष रामगोपाल थारु , नगर खेलकुद बिकाशका अध्यक्ष सन्तोष चौधरीले नगद कप मेडल र प्रमाणपत्रले सम्मान गरेका छन ।पुरुष तर्फको बिजेताले नगद ५० हजार कप मेडल र प्रमाणपत्र उपबिजेताले नगद २५ हजार कप मेडल प्रमाणपत्र महिला तर्फको बिजेता स्पोर्टिङले नगद १० हजार कप मेडल उपबिजेता जयबुद्धले ५ हजार कप मेडल जितेका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma