Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

साईनिङ्ग स्टार कपमा आईतवार पनि पाच खेल समपन्न ।।

कपिलवस्तु -रमुवादहमा जारी सातौ नकाउट महिला तथा पुरुष फुटबल प्रतियोगितामा आज पनि अन्डर फोर्टिनका दुई युवा क्लब स्तरीय दुई र तिस माथिको एक खेल गरि जम्मा पाच खेल सम्पन्न भएकाछन ।

आइतबार साईनिङ्ग स्टारको खेल मैदान रमुवादहमा बिहान ७ बजे जनआदर्श र राईजिङ्ग स्टार चन्द्रौटाको बिच भएको थियोे उत्त खेलमा जनआदर्शले ० को विरुद्ध ३ गरेर बिजयी भएको छ । ९ बजे गोल्डेन स्टार युवा क्लब र युनिक बिच भएको खेलमा ० को विरुद्ध २ गोल गर्दै गोल्डेन स्टार बिजयी भएको छ ।

युवा क्लब स्तरीय प्रतिस्पर्धामा कंचन डगोरिया र जागृति युवा क्लब बिजयी भएका छन १ बजे बाट शुरु भएको जन आदर्श र कंचनको प्रतिस्पर्धात्मक प्रतियोगितामा जन आदर्शलाई ० को बिरिद्ध १ गोल गर्दै कंचन बिजयी भएको हो । ३ बजे देखि शुरु भएको क्लब स्तरीय अन्तिम जागृति युवा क्लबले नवसृजनशिललाई ० को बिरुद्ध ४ गोल गर्दै तेस्रो राउन्डमा प्रवेश गर्न सफल भएको छ ।

अन्तिम खेल शिवशक्ति युवा क्लब र नवसृजनशिल युवा क्लबका ३० बर्ष माथिका खेलाडीहरुको प्रतियोगिता भएको थियोे उक्त खेलमा ० को विरुद्ध १ गोल गरेर शिवशक्ति बिजयी भएको छ
भोलि सोमबार बिहान ७ बजे द ब्राईट र गोल्डेन स्टार ९ बजे जय बुद्ध र आयोजक १ बजे क्लब स्तरीय गोल्डेन स्टार युवा क्लब र द ब्राईट ३ बजे आयोजक र युनिक स्पोर्ट्स र अन्तिम खे ३० बर्ष माथिको सुर्यमुखी युवा क्लब र भगवानपुरको बिच हुने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma