
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ खैरीमा बिहीबार राति करिब १० बजे भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।
बा ९ च ९६२० नम्बरको टाटा सुमो ग्रान्डीले ठक्कर दिँदा नुवाकोटको ककनी गाउँपालिका निवासी ३५ वर्षीय प्रकाश पुडासैनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पुडासैनी खाना खाने गाडीबाट ओर्लिएर बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएको हो। दुर्घटनापछि सवारी चालक फरार रहेको र खोजी कार्य भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।
प्रतिक्रिया