Developed By Kuldeep Sharma

३ दिन अगाडि

उद्योग वाणिज्य महासघ लुम्बिनी प्रदेश अध्यक्षमा जमसेर मियाको उम्मेदवारी

  नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आगामी २०८२ चैत्र २१ गते हुने वार्षिक साधारणसभा तथा निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका लागि केन्द्रीय सदस्य जमसेर मियाले उम्मेदवारी घोषणा गर्नुभएको छ।
दुई कार्यकालसम्म केन्द्रीय सदस्यको रूपमा सक्रिय रहँदै अनुभव हासिल गर्नुभएको मियालाई यसपटक प्रदेश अध्यक्षमा बलियो दाबेदारका रूपमा हेरिएको छ। महासंघभित्रको अनुभव, संगठनसँगको दीर्घकालीन सम्बन्ध तथा व्यवसायिक क्षेत्रमा सक्रिय भूमिकाका कारण उहाँको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा लिइएको छ।
चन्द्रौटा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्षसमेत रहनुभएका मियाले उद्योगी व्यवसायीका वास्तविक समस्या नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै ती समस्याहरूको व्यावहारिक समाधानमा केन्द्रित रहने प्रतिबद्धता जनाउनुभएको छ।
उहाँले उद्योगी व्यवसायीको हकहित संरक्षण, लगानीमैत्री वातावरण निर्माण तथा प्रदेशको आर्थिक गतिविधि सुदृढ बनाउने लक्ष्यसहित उम्मेदवारी दिएको स्पष्ट पार्नुभएको छ।
आगामी निर्वाचनमा मियाको उम्मेदवारीले महासंघको नेतृत्वमा नयाँ सोच र सक्रियता ल्याउने अपेक्षा गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma