Developed By Kuldeep Sharma

१ दिन अगाडि

मालपोत र नापि कार्यालय चन्द्रौटाको सेवा प्रवाहप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण, सुधारको माग

कपिलवस्तुको चन्द्रौटास्थित मालपोत कार्यालय र नापी कार्यालयको सेवा प्रवाहप्रति व्यापक असन्तुष्टि बढ्दै गएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी शिवराज नगर समितिले औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाउदै  तत्काल सुधारको माग गरेको छ।

मालपोत र नापी कार्यालयमा सेवाग्राहीले भोग्दै आएका ढिलासुस्ती, अनावश्यक झन्झट तथा बिचौलियाको प्रभावका कारण सर्वसाधारण मारमा परेको उल्लेख गरिएको छ। सामान्य प्रकृतिका कामसमेत समयमै नहुने, प्रक्रिया जटिल बनाइने तथा सेवा लिन अनावश्यक दबाब सिर्जना हुने गुनासाहरू बढ्दै गएको पाइएको ध्यानाकर्षण गरिएको नगर सभापती बालकृष्ण पाण्डेले बताए  ।

कार्यालयले नागरिकप्रति उत्तरदायी, पारदर्शी र सेवामुखी बन्नुपर्ने उल्लेख गर्दै सहज, छरितो र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न आग्रह गरिएको छ। साथै, बिचौलिया प्रथाको अन्त्य गरी कानुनी प्रक्रिया सरल बनाउँदै सुशासन कायम गर्न सम्बन्धित निकायलाई सचेत गराइएको छ।

समितिका सभापति बालकृष्ण पाण्डेय ले हस्ताक्षर गरेको उक्त पत्रमा नागरिकले सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको उल्लेख गरिएको छ।

पत्र बुझ्दै मालपोत  कार्यालय चन्द्रौटाका प्रमुख ऋषिराम पौडेलले कुनै पनि अनाधिकृत व्यक्तिलाइ प्रवेशमा रोक लगाइएको र नियमानुसार काम नभए तुरुन्त खबर गर्न समेत आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma