Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

फिल्डमा खटिने पत्रकारको पिसिआर टेष्टको व्यवस्था गर्न माग

काठमाडौं । नेपाल पत्रकार महासंघले संक्रमणको उच्च जोखिमबीच फिल्डमा खटिने सञ्चारकर्मीको निःशुल्क पिसिआर परीक्षणको व्यवस्था मिलाउन र पत्रकारको उपचारको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा सो माग गरिएको छ । “संक्रमितमध्ये केही निको भइसकेका छन्, केही उपचाररत अवस्थामा रहेका छन्, महासंक्र उपचाररत सबै पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “यो विषम परिस्थितिमा संक्रमणको उच्च जोखिमबीच अग्रभागमा रहेर नेपाली सञ्चार क्षेत्रले निर्वाह गरिरहेको भूमिका सराहनीय छ, विशेषगरी फिल्डमा खटिने सम्बाददाता, फोटो पत्रकार र क्यामेरा पर्सन संक्रमणको उच्च जोखिममा छन् ।”

महामारीको यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा सम्वेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघले आम पत्रकार तथा सञ्चारकर्मीमा अपिल गरेको छ ।

कोभिड–१९ को संक्रमण नेपालमा दिनप्रतिदिन तीव्ररुपले बढिरहेको छ । पछिल्लो समय संक्रमणको दर वृद्धि भएसँगै यो महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको छ । महासंघमा अभिलेख भएअनुसार उच्च जोखिमबीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा अहिलेसम्म ७१ पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट संक्रमित भएका छन् । सोमा केही पत्रकार महिलामासमेत संक्रमण देखिएको छ । महासंघको अभिलेखअनुसार मलुकका सात प्रदेशमध्ये छ प्रदेशका पत्रकार तथा सञ्चारकर्मी संक्रमित हुन पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma