Developed By Kuldeep Sharma

५ घण्टा अगाडि

आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचर को रकम गायव

आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचर को रकम गाय

कपिलवस्तुको चन्द्रौटामा रहेको आधारभूत अस्पतालको करिब ३८ लाख रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको गम्भीर आशंका सार्वजनिक भएको छ। गत आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका क्रममा अस्पतालका अभिलेखमा बैंक खातामा रकम जम्मा गरिएको देखाउने १२८ वटा भौचर भेटिए पनि वास्तविक बैंक विवरणमा भने उक्त रकम नदेखिएपछि प्रकरण बाहिर आएको हो।

प्रारम्भिक अनुसन्धानले भौचर र बैंक विवरणबीच ठूलो असमानता देखाएको छ। अझ गम्भीर कुरा के भने, सम्बन्धित बैंकले ती भौचरमा प्रयोग गरिएको छाप नै ‘नक्कली’ भएको संकेत गरेको स्रोतले जनाएको छ। यसले आर्थिक हिनामिना योजनाबद्ध रूपमा गरिएको हुनसक्ने आशंकालाई थप बल पुर्‍याएको छ।

यस विषयमा नगर प्रमुख अजय थापा को हस्ताक्षरमा बैसाख ४ गते पत्र जारी गर्दै वडा प्रहरी कार्यालय चन्द्रौटा लाई छानबिन गरी दोषीमाथि कारबाही गर्न भनियको छ। नगरपालिकाले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धान प्रक्रिया अघि बढाएको छिटो भन्दा छिटो कार्वाहिको प्रक्रिया अघि बढाउन पत्र पठाएको मेयर थापाले बताए ।

यता अस्पतालका अधक्ष्य नेत्र बेल्वासे ले उक्त रकम बैंक विवरणमा किन नदेखिएको हो भन्ने स्पष्ट पार्न बैंकलाई औपचारिक पत्र पठाइएको जानकारी दिएका छन्। बैंकबाट जवाफ आएपछि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने बताइएको छ। कतिपयले बैकका कर्मचारि र अस्पतालका कर्मचारिको मिलोमत्तोमा रकम हिनामिना भएको आशका गरेका छन | घटनाले स्वास्थ्य संस्थाको आर्थिक पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ। अबको छानबिनले वास्तविकता उजागर गर्दै दोषीलाई कानुनी दायरामा ल्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma