Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलबस्तु र रुपन्देही शाखालाई प्रेस ज्याकेट ।।

राम अवतार चौधरी
कपिलबस्तु, १३ भदौ ।

रिर्पोटिङ गर्न वातावरण सहज होस भनि थारु पत्रकार संघ नेपाल केन्द्रीय कार्य समितिले कपिलबस्तु र रुपन्देही जिल्ला शाखाहरुलाई प्रेस ज्याकेट प्रदान गरेको छ । कोरोना भाईरसको संक्रमण जोखिमका बीच बिभिन्न अवस्थाको रिपोर्टिङ्ग गर्न सहजताका लागि थारु पत्रकार संघ नेपालले कपिलबस्तु र रुपन्देही जिल्ला शाखालाई प्रेस ज्याकेट प्रदान गरिएको हो ।

पछिल्लो समय कपिलबस्तु र रुपन्देही जिल्लामा कोरोना संक्रमित दिन प्रतिदिन बढ्दै गएको अवस्थमा पत्रकारहरुलाई रिपोटिङ्ग गर्न केही सहज हुने उद्देश्यले प्रेस ज्याकेट जिल्ला शाखाहरुलाई वितरण गरेको थारु पत्रकार संघका केन्द्रीय सचिव कमल चौधरीले बताए । उनले बन्दाबन्दीका कारण पत्रकारहरुले विभिन्न किसिमका समस्या झेल्नु परेको भन्दै पे्रस ज्याकेटले केही हदसम्म फिल्डमा काम गर्ने पत्रकारहरुलाई सहज हुने प्रतिक्रिया जनाए । त्यस्तै जिल्ला शाखा कपिलबस्तुका अध्यक्ष श्याम सिटीले कपिलबस्तुमा क्रियाशिल थारु पत्रकारहरुलाई छिट्टै नै प्रेस ज्याकेट उपलब्ध गरिने बताए । कोरोना कोभिड–१९ भाइरसको कारण आफुहरुलाई फिल्डमा समाचार संकलन गर्न निकै समस्या भएको अवस्थामा प्रेस ज्याकेटले सहयोग मिल्ने समेत अध्यक्ष सिटीले जिकिर गरे ।

रुपन्देही जिल्ला शाखा अध्यक्ष राज चौधरीले थारु पत्रकार संघ केन्द्रीय कार्य समितिलाई धन्यवाद ! दिदँै रुपन्देही जिल्लामा क्रियाशिल थारु पत्रकारहरुलाई प्रेस ज्याकेट प्रदान गर्ने बताए । उनले विशेषगरी फिल्डमा क्रियाशिल थारु पत्रकारहरुलाई ज्याकेट अवश्यकता रहेको जनाए । त्यसैगरी रुपन्देही जिल्ला शाखाका उपाध्यक्ष अनिता चौधरीले पत्रकारहरुलाई प्रेस ज्याकेट अनिवार्य रहेको बताउँदै प्रेस ज्याकेट पत्रकारहरुको पहिचान गर्न सजिलो हुने बताउँदै फ्रन्ट लाईनमा काम गर्ने थारु गैह्र थारु पत्रकारहरुलाई उत्तिकै आवश्यकता रहेको उनले बताइन् ।

प्रेस ज्याकेट थारु पत्रकार संघ कपिलबस्तु जिल्ला शाखाका अध्यक्ष श्याम सि.टी र रुपन्देही जिल्ला शाखाका अध्यक्ष राज चौधरीलाई एक कार्यक्रमका बीच कपिलबस्तुको ४ नंम्बरमा बुधबार केन्द्रीय सचिव कमल चौधरीले १४ थान ज्याकेट हस्तान्तरण गरेका हुन् । प्रेस ज्याकेट केन्द्रीय अध्यक्ष सन्तोष दहितको पहलमा समाजिक अभियन्ता तथा ग्रामिण महिला उत्थान केन्द्रीय अध्यक्ष आशमानी चौधरीले सहयोग गरेको थापस केन्द्रीय समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma