Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तु १६ जना संचारकर्मीको कोरोना रिपोर्ट नेगेटिभ

मोफसल खबर

कपिलवस्तुका १६ जना संचारकर्मीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको शिवराज नगरपालिकाले भदै ११ गते लिइएको स्वाब परिक्षण गर्दा पत्रकारहरुको रिपोर्ट नेगेटिभ आएको शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुरामणि भट्टराईले बताउनुभयो । सामुदायिक रेडियो प्रशारक संघ अकोरोबका प्रदेश उपाध्यक्ष राजु खरालको पहलमा जिल्लाका विभिन्न सामुदायक रेडियोमा कार्यरत पत्रकारहरुको कोरोना परिक्षण गरिएको हो । सामुदायिक रेडियोमा कार्यरत संचारकर्मी तथा पत्रकारहरु समुदायमा स्तरमा पुगेर सुचना संकलन गर्ने गरेकोले कोरोनाको उच्च जोखिममा रहेकोले कोरोना परिक्षण गरिएको खरालले बताउनुभयो । समुदाय स्तरमा खटेर रिपोटिङ गर्ने पत्रकारहरुको निशुल्क कोरोना परिक्षण र संक्रमित पत्रकारहरुलाई उपचारको व्यवस्था गर्नु उपाध्यक्ष खरालले सरकार सँग माग गर्नुभयो । पत्रकारहरुको कोराना परिक्षणको लागि सहयोग गर्ने शिवराज नगरपालिका स्वास्थ्य शाखालाई धन्यवाद दिनुभयो । जिल्लाको चन्द्रौटामा रहेको सामुदायिक रेडियो समानताका अध्यक्ष सहित ४ जना,सामुदायिक रेडियो शिवराजका ५ जना,सामुदायिक रेडियो भ्वाइसका ४ जना र अन्य मिडियामा आवद्ध ३ जनाको कोरोना परिक्षण गरिएको थियो । पछिल्लो समयमा समाचार संकलन तथा रिपोटिङ गर्न पत्रकारहरुलाई समस्या भइरहेको रेडियो शिवराजका स्टेसन म्यानेजर दिपक केसीले बताउनुभयो । पत्रकारहरुको जोखिम मोलेर काम गरिरहेको अवस्था संचार माध्यम चलाउन सरकारले केहि नया रणनिति ल्याउनुपर्ने केसीले बताउनुभयो । भदै ११ गते संकलन गरिएको ९५ जनाको स्वाब परिक्षण गर्दा भारतवाट आएर क्वारेन्टाइन बसेका तीन जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लामा अहिले सम्म ७ जना पत्रकारहरु कोरोना संक्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma