Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

सशस्त्र प्रहरीले कपिलवस्तुमा ५ केजी चाँदीका पाउजु पक्राउ ।


सशस्त्र प्रहरी विओपीे कृष्णनगरले करिब ५ केजी चाँदीका सामाग्री पक्राउ गरेको छ । सोमवार साँझ साढे सात बजे भारतीय सीमा क्षेत्रबाट लुकाएर ल्याउँदै गरेको अवस्थामा बरामद गरेको सशस्त्र प्रहरी २८ नम्बर गणका प्रमुख धुब्र कार्कीले बताएका छन् । तस्करहरूले ती सामाग्री झोलामा लुकाएर ल्याउँदै गरेको थिए । शङ्का लागी झोला खोली हेर्दा २३० चाँदीका पायल र ५ ४ थान मोबाइल रहेको बताइएको छ ।
सामाग्री सँगै शिवराज नगरपालिका ५ बस्ने आकाश बर्मा, ओम बहादुर घर्ती र आनन्द वर्मा समेत पक्राउ परेका छन् । कृष्णनगर र भगवानपुरको बिचबाट गस्ती टोलीले पक्राउ गरेको थियो । ओसार पोसारका लागी प्रयोग गरिएको कार समेत सशस्त्रले बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma