Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कोरोना महामारी बिचमा २ वटा एम्बुलेन्स


दिपक के.सी.
कपिलवस्तु जेठ ३

कपिलवस्तुको शिवराज नगगरपालिकाले कोभिड १९ को नयाँ भेरिएन्टले आक्रान्त भएको बेला २ वटा एम्बुलेन्स खरिद गरेको छ । लामो समय देखि एम्बुलेन्स खरिद प्रक्रिया रहेको नगरपालिका यस पटक भने एम्बुलेन्स नगरमा भित्राउन सफल भएको हो ।
स्थानिय तहको निर्वाचन संगै एम्बुलेन्स खरिद प्रक्रियामा लागेको नगरपालिकाले यस आर्थिक बर्षमा भने नगरबासीको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका रहने एम्बुलेन्स खरिद गरेको हो । प्रत्येक बर्ष नगरले एम्बुलेन्स खरिदका लागि प्रक्रिया गरेको भए पनि एम्बुलेन्स ल्याउन भने सकेको थिएन ,विविध प्रक्रियागत कारणले रोकिएको थियो नगर प्रमुख नेत्रराज अधिकारीले भन्नुभयो । “हामी नगरवासी नागरिकको स्वास्थ्य सुरक्षाका लागि संवेदनशिल छौ तर प्राविधीक कम्जोरीले नआएको एम्बुलेन्स यस पटक हामी ल्याउन सफल भयौ” नगर प्रमुख अधिकारीले भन्नु भयो । एम्बुलेन्स नहुदा नागरिकले धेरै दुख पाए त्यो हामीले महशुस गरेको छौ , अब त्यो समस्या टरेको छ उहाँले भन्नु भयो ।
नगरले २१ लाख ५० हजार लागतमा २ वटा एम्बुलेन्स खरिद गरेको प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालले बताउनु भयो । “महेन्द्र कम्पनीको फोरवीलर बलेरो एम्बुलेन्स नगरले खरिद गरेको छ , एम्बुलेन्स विरगंज भन्सार आइपुगेको छ ,भोलि हामी ती एम्बुलेन्स नगरमा ल्याउछौ”अर्यालले भन्नु भयो । एम्बुलेन्समा पार्टेशन लगायतका काम बाकि नै रहेकोले २÷३ दिन भित्रै संचालनमा आउने उहाँले बताउनु भयो ।
नगरपालिकामा आफ्नै एम्बुलेन्स नहुदाँ कोरोना महामारीमा महगो भाडामा अन्य संस्थाका एम्बुलेन्स प्रयोग हुदै आएका थिए । नगरको आफ्नै एम्बुलेन्स भए पछि नागरिकलाई आर्थिक राहत हुने उप प्रमुख शिवकुमारी चौधरीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma