Developed By Kuldeep Sharma

२ हप्ता अगाडि

शिवराजमा नेपाली कम्युनिस्ट पार्टी नगर समितिको बैठक सम्पन्न


कपिलवस्तुको शिवराज नगरपालिका–स्थित नेपाली कम्युनिस्ट पार्टी शिवराज नगर समितिको बैठक आज सम्पन्न भएको छ। जिल्ला तथा नगरस्तरमा आयोजित हुन लागेको पार्टी एकता सन्देश सभा को पूर्वतयारीका बारेमा विस्तृत छलफल गर्न बैठक बसेको इन्चार्ज दिनेश पुनले जानकारी दिए।

कार्यक्रम चुरबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको बैठकमा पार्टी एकता पश्चात जिल्लामा आयोजना हुने एकता सन्देश सभालाई भव्य र प्रभावकारी बनाउन व्यापक जनसहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइयो।

बैठकका प्रमुख अतिथि तथा केन्द्रीय सदस्य रुद्र बन्जाडेले पार्टी एकतापछि जनस्तरमा सकारात्मक सन्देश फैलाउन सबै तह–तप्काका नेता तथा कार्यकर्ताहरू सक्रिय हुनुपर्ने बताएका थिए। उनले एकता सुदृढ पार्नका लागि सशक्त संगठन निर्माण र जनसंपर्क वृद्धि अपरिहार्य रहेको उल्लेख गरे।

बैठकमा नगर समितिका पदाधिकारी, सदस्य तथा स्थानीय पार्टी कार्यकर्ताहरूको उपस्थितिमा आगामी दिनमा हुने कार्यक्रमहरूको कार्ययोजना पनि तय गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma