Developed By Kuldeep Sharma

१ महिना अगाडि

फोहरमैला व्यवस्थापन सम्बन्धी तीन दिने कार्यशाला

स्वास्थ्य  संस्थामा खानेपानी, सरसफाई, स्वच्छता तथा फोहरमैला व्यवस्थापन सम्बन्धी कार्यशाला गरिएको छ । स्वास्थ्य संस्थामा खानेपानी, सरसफाई र फोहोर व्यवस्थापनमा विशेष रुपमा ध्यान पुर्याउन नसक्दा स्वास्थ्य सस्था तथा प्रयोगशालाहरुमा विभिन्न खालकोे संक्रमणको जोखिम बढ्ने हँुदा सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
स्वास्थ्य संस्थामा खानेपानी, सरसफाई र फोहोर व्यवस्थापनमा विशेष रुपमा ध्यान पुर्याउन नसक्दा स्वास्थ्य संस्था तथा प्रयोगशालाहरुमा विभिन्न खालकोे संक्रमणको जोखिम बढ्ने हुँदा सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । युनिसेफको आर्थिक सहयोग, प्रदेश स्वास्थ्य निर्देशनालय लुम्बिनीको संयोजकत्व तथा  छायाँ नेपाल र हिक्याफ ३६० को आयोजनामा भैरहवामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले लुम्बिनी प्रदेशका धेरैजसो स्वास्थ्य संस्थामा खानेपानी, सरसफाई, स्वच्छता र फोहोरमैला व्यवस्थापनको सुधार गर्नुपर्ने देखिएको बताएका छन् ।
स्वच्छ पानी, सरसफाईयुक्त शौचालय, फोहर व्यवस्थापन प्रणाली र सरसफाईजन्य चेतनाको अभावले गर्दा स्वास्थ्य सेवा लिन आउने बिरामी मात्र होइन, स्वास्थ्यकर्मीहरू समेत जोखिममा परिरहेका छन् ।
कार्यक्रममा प्रदेश योजना आयोग लुम्बिनीका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले खानेपानी, सरसफाई र फोहर व्यवस्थापनमा सुधार भए स्वास्थ्य सेवा प्रभावकारी बन्दै जाने बताउनुभयो । उहाँले बजेटको अभाव, जनशक्ति कमी र अनुगमन नहुँदा सुधारको प्रयास भए पनि कतिपय अवस्थामा काम प्रभावकारी हुन नसकेको बताउनुभयो ।
स्वास्थ्य अधिकृत अचुत शर्मा ,युनिसेफका सिद्दी श्रेष्ठ लगायतले खानेपानी, सरसफाई र फोहर व्यवस्थापनमा हालसम्म भएका काम आगामी रणनीति लगायतको बारेमा जानकारि दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma