Developed By Kuldeep Sharma

१ हप्ता अगाडि

१०औँ चन्द्रौटा महोत्सवको तयारी, सर्वपक्षीय बैठक सम्पन्न

चन्द्रौटा उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने १०औँ चन्द्रौटा महोत्सवको तयारीका सन्दर्भमा विभिन्न राजनीतिक दल, संघ–संस्था तथा सरोकारवालाहरूको सहभागितामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।

बैठकमा महोत्सवको व्यवस्थापन, सहकार्य, सुरक्षा व्यवस्था, प्रचार–प्रसार तथा स्थानीय सहभागितालाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। महोत्सवलाई सफल बनाउन सबै निकाय, संघ–संस्था तथा समुदायको सक्रिय सहयोग अपरिहार्य रहेकोमा सहभागीहरूले जोड दिएका छन्।

चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेयले महोत्सवलाई व्यवस्थित र सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले महोत्सव ठेक्का दिइएको भन्ने हल्ला बजारमा फैलिएकोप्रति स्पष्ट पार्दै केही कामका लागि मात्र जिम्मेवारी तोकिएको जानकारी दिनुभयो।

सामाजसेवि केयरसिंह अदैले महोत्सवले स्थानीयलाई प्राथमिकता दिँदै अवसर सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो। यस्तै,वडा अध्यक्ष राम ब चौधरी , उद्योग व्यापार संघका अध्यक्ष अर्जुन सापकोटा र होटल व्यवसायी संघका महासचिव पदम ढकाललगायतले सहकार्य र समन्वयका साथ महोत्सव सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

बैठकले सबै पक्षको सहभागितामा महोत्सवलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी रूपमा सम्पन्न गर्ने निष्कर्ष निकालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma