Developed By Kuldeep Sharma

३ दिन अगाडि

NIMB बैंक चन्द्रौटा शाखाद्वारा विद्यार्थीलाई जुत्तामोजा बितरण

कपिलवस्तु । NIMB बैंक चन्द्रौटा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। बैंकले शिवराज नगरपालिका वडा नम्बर ७ मा रहेको शेष आधारभूत विद्यालयका १०० जना विद्यार्थीलाई जुत्ता र मोजा वितरण गरेको हो।

वितरण कार्यक्रममा बोल्दै शिवराज नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अनुप कुमार चौधरीले बैंकले सामाजिक उत्तरदायित्वमा गर्दै आएको कार्यको प्रशंसा गर्नुभयो। उहाँले जाडो मौसममा विद्यार्थीलाई सहजता होस् भन्ने उद्देश्यले जुत्ता र मोजा वितरण गरिएकोमा बैंकलाई धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा बैंकका चन्द्रौटा शाखा प्रमुख नारायण पन्थीले विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको बताउनुभयो। सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर गरिने उहाँको भनाइ थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीयको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma