Developed By Kuldeep Sharma

१ हप्ता अगाडि

अभिषेक शाहको कृष्णानगरमा उत्साहजनक घरदैलो ;  जनसमर्थनले बिपक्षी खेमामा हलचल


कपिलवस्तु, फागुन १७

नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उमेदवार अभिषेक प्रताप शाहले कृष्णानगर नगरपालिकाको कृष्णानगर बजार तथा छेउका गांउमा घरदैलो अभियान सम्पन्न गरेका छन्।घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार शाहले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले कपिलवस्तु ३ लाई समृद्ध र व्यवस्थित क्षेत्रका रूपमा अघि बढाउने स्पष्ट योजना प्रस्तुत गर्दै आगामी निर्वाचनमा सहयोग र समर्थनको अपिल गरे।

उनी लामो समय देखि राजनीति गर्दै आएको तथा उनलाई युवा, महिला, किसान तथा क्षेत्रका जनताको वृहत समर्थन पाएको देखेर विपक्षी खेमामा हलचल मचेको नेपाली कांग्रेस समर्थक हरूले बताएका छन्।

जनतासँग सिधा संवाद गर्दै शाहले आफू चुनावका बेला मात्र देखिने नेता नभई सधैं जनताको दुख,सुखमा साथ दिने नेता भएको उल्लेख गरे । “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने, “अझै बाँकी रहेका विकासका काम पूरा गर्न तपाईंहरूको साथ चाहिन्छ।

घरदैलो अभियानमा उमेदवार शाह संगै पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। टोलीले घरघर पुगेर पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराएको थियो। स्थानीय बासिन्दाले उत्साहजनक सहभागिता जनाउँदै विकासमुखी नेतृत्वको आवश्यकता औंल्याएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma