
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कपिलवस्तुमा आफ्नो साङ्गठनिक उपस्थितिलाई बलियो बनाउँदै शिवराज नगरपालिका र निर्वाचन क्षेत्र नम्बर ३ (क )मा नयाँ नेतृत्व चयन गरेको छ । गलबार शिवराजमा सम्पन्न नगर अधिवेशनले चित्रबहादुर केसीको अध्यक्षतामा नयाँ नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। “बलियो संगठन, समृद्ध शिवराज” भन्ने लक्ष्यका साथ पार्टीले अनुभवी र युवा नेताहरूलाई समेटेर कार्यसमिति विस्तार गरेको जनाएको छ। उपाध्यक्षहरू: सुमन थारू, योतीनारायण चौधरी र ओमप्रकाश जिसी, सचिव: देवराज खनाल, सहसचिव: जितेन्द्र मौर्या कोषाध्यक्ष: विजय सिंह चौधरी त्यस्तै सदस्यहरूमा रामप्रसाद गैरे, पेमलाल बुढागर, सरोज थारू, अग्निप्रसाद तिवारी, भुवन पौडेल, सुरज खासु र केशव थापा मगर लगायत रहनुभएको छ।
नगर अधिवेशनकै अवसर पारेर कपिलवस्तु क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिको समेत पुनर्गठन गरिएको छ। नारायण बहादुर थापा गिरिको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो। समितिको उपाध्यक्षमा ललाई अहिर, सन्जु कुँवर र आरती सुनार चयन हुनुभएको छ भने सचिवमा उत्तम चौधरी थारू, सहसचिवमा राहुल चौधरी र कोषाध्यक्षमा सन्तोष चौधरीले जिम्मेवारी पाउनुभएको छ। सदस्यहरूमा प्रहलाद चौधरीदेखि टेकबहादुर कुँवरसम्मका ११ जना व्यक्तित्वहरू चयन हुनुभएको छ।


प्रतिक्रिया