Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

विजयनगरको विसवा नदिमा झोलुङ्गे पुलको शिलन्यास


अब जोखिम मोलेर नदि तर्नु पर्दैन : अध्यक्ष थापा
मोफसल खबर
कपिलवस्तु फागुन २
कपिलवस्तुको विजयनगर गाउँपालिकामा बर्सौ देखि जोखिम मोलेर नदि तर्नु पर्ने बाध्यता अब हटेको छ । गाउँपालिकामा बर्खायाममा जोखिमपुर्ण तबरले नदि तर्नु पर्ने समस्यालाई समाधान गर्न गाउँपालिका भित्रका विभिन्न नदिहरुमा झोलुङ्गे , पक्की पुलहरु केही निर्माण सम्पन्न त केही निर्माणाधिन रहेका छन ।
सोमबार पनि गाउँपालिकाको बिसवा नदिमा झोलुङ्गे पुलको शिलान्यास भएको छ । नौडिहवा गोबरडिहवा गाउँ जोड्ने बिस्वा नदिमा झोलुङ्गे पुलको गाउँपालिका अध्यक्ष गोपाल थापाले शिलान्यास गर्नु भएको हो । पुलको शिलान्यास गर्दै अध्यक्ष थापाले अब जोखिम मोलेर बर्खायाममा नदिमा हेलुनु नपर्ने बताउनु भयो । नदिमा पुल नहुदा बर्खामा नदिमा पानीको बहाब बढेको बेला जोखिम मोलेर आवत जावत गर्नु पर्ने बाध्यता अब हटेको थापाले बताउनु भयो ।
केन्द्र सरकार सहयोग र गाउपालिकाको साझेदारिमा ८० लाखको लागतमा पुल निर्माण हुन लागेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारि चौधरीले बताउनु भयो । पुल निर्माण पश्चात जनधनको क्षती नहुने उहाले बताउनु भयो ।
यस्तै सोमबार नै गाउपालिकाको वडा १ को नेवलागन्जमा थारु कल्याणकारीणी सभाको भवनको पनि शिलान्यास गरिएको छ । गाउपालिकाको ८ लाखको लागतमा भवन निर्माण हुन लागेको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अनिल थारुले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी स्थानीयको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma