Developed By Kuldeep Sharma

४ हप्ता अगाडि

शिवराज नगरपालिकामा रहेका २ सहकारी खारेज

शिवराज नगरपालिकामा रहेका २ सहकारी खारेज ,,
नवराज पौडेल कपिलवस्तु ,,
शिवराज नगरपालिकामा रहेका २ सहकारी संस्थाहरुको मूल्य मान्यता अनुसार नचलेको पाइएपछि सहकारी संस्थाहरु खारेज गरिएको छ । नगरमा साविक डिभिजन सहकारी कार्यालय कपिलवस्तुबाट हस्तान्तरण भई नगरमा दर्ता रहेका वडा नम्वर ८ मा रहेको नारायणी महिला बचत तथा ऋण सहकारी संस्था र वडा नं ६ मा रहेको शिवराज कृर्षि सहकारी संस्थाले आर्थिक वर्ष २०८०।८१ देखी कुनै पनि कार्य नर्गन निर्देशन दिइएको छ । ति सहकारीमा आवद्ध सदस्य कसैको लेनदेन भएमा ३५ दिन भित्र आवश्यक प्रमाण सहित नगरपालिकामा उपस्थित हुन अनुरोध गर्दै तोकिएको मिती भित्र सम्पर्कमा नआएमा नगरपालिका जवाफदेही नहुने शिवराज नगरपालिकाका सुचना अधिकारी डिल्लीराज भट्राईले जानकारी दिनुभयो ।
अहिले स्थानीय तहभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाको नियमनको अधिकार स्थानीय तहले नै पाएका छन् । तर सहकारी ऐनको दफा ८८ मा सहकारी संस्थाका बहुमत सदस्यले विगठनका लागि निवेदन दिएमा विभागले खारेज गर्न सक्ने व्यवस्था गरेको छ । सहकारी ऐन २०७५ को दफा ६६ को उपदफा १ क र ख अनुसार निवेदन पेश गरि खारेजीमा जान चाहेकोले खारेज गरिएको उहांले जानकारी दिनुभयो ।

नगरपालिकाले एक सुचना जारी गदै नगरमा दर्ता भै सम्पर्कमा नआएका ११ वटा सहाकारी संस्थालाइ समेत सम्पर्कमा आउन अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma