Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

राजनितिमा महिलाहरुको सहभागिता


केशव बेल्वासे, कपिलवस्तु – राजनितिमा महिलाहरुको सहभागितालाई जोड दिदै ‘अन्तर्राष्ट्रिय महिला दिवस’ भव्यताका साथ सम्पन्न भएको छ । सामुदायिक रेडियो भ्वाईसको आयोजना र शिवराज नगरपालिका वडा नं १० लालपुरको सहयोगमा ११२ औँ ‘अन्तर्राष्ट्रिय महिला दिवस’ मनाईएको हो । यस वर्ष ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी महिला दिवस मनाईरहदा लालपुरमा २०० जना महिला दिदिबहिनिको सहभागितामा दिवश मनाईएको हो ।


कार्यक्रममा लोकतांत्रिक समाजवादि पार्टि लुम्बिनि प्रदेश अध्यक्ष तथा केन्द्रिय सदस्य रबिदत्त मिश्रले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने उल्लेख गर्नुभयो । महिला राजनीतिक, सामाजिक तथा आर्थिकरूपमा स्वतन्त्र र सशक्त नभएसम्म देशको समृद्धि सम्भव नहुने उहाँको भनाइ छ ।

यस्तै सामुदायिक रेडियो भ्वाईसका अध्यक्ष सरद अधिकारीले पछिल्लो समयमा लैंगिक समानताका विभिन्न सूचकहरूमा नेपालले प्रगति गर्दै आएको देखिएकाले प्रयासहरू परिणाममुखी हुने चरणमा रहेको र यसबाट नेपाली महिलाहरूको प्रतिष्ठा क्रमश अभिवृद्धि गएको बताउनुभयो ।


विश्वकै शक्तिसालि देश अमेरीकाले आजसम्म महिला राष्टपति दिन नसक्दा हाम्रो देशमा महिला राष्टपतिदेखि अन्य ठुला पदमा महिला हुनु गर्भको विषय रहेको बताउनुभयो । यसैगरी वडा अध्यक्ष मन्जु मिश्रले अब सबै मिलेर महिलाउपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामूलक समाजको निर्माण गर्न आवहान गर्नुभयो ।

यस्तै महिला मानव अधिकार रक्षक सन्जाल कपिलवस्तुका अध्यक्ष मिना परीयारले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागिरहन आह्वान गर्नुभयो ।

महिला र पुरुष बराबर रहेकोहसदा महिलाहरु पनि देशको राजनिक क्षेत्रमा अगाडि आउनुपर्ने बताउनुभयो । महिला राजनीतिक, सामाजिक तथा आर्थिकरूपमा स्वतन्त्र र सशक्त नभएसम्म देशको समृद्धि सम्भव नहुने उहाँको भनाइ छ। कार्यक्रममा रेडियो भ्वाईसका सस्थापक अध्यक्ष निशा गहतराजले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

महिलाहरुले महिला दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेर सहभागि हुन पाएकोमा खुसि व्यक्त गरेका थिए । रेडियोका सदस्य संजिव गहतराजको स्वागत मन्तव्य र स्टेशन म्यानेजर गिता पौडेलको संन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma