Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराज वडा नं. ७ द्धारा नागरिक सम्मान

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ७ ले वडा भित्रका नागरिकहरुलाई सम्मान गरेको छ । वडाको आ.ब. ०७८÷०७९ को बार्षिक कार्यक्रम अन्तर्गत वडाका जेष्ठ नागरिकलाई कम्बल वितरण गरी सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष अनुपकुमार चौधरीले हरेक बर्ष वडाका नागरिकहरुलाई कार्यक्रम आयोजना गरी सम्मान गर्ने कार्यक्रम गर्दै आइरहेको बताउनु भयो । कार्यक्रममा अध्यक्ष चौधरीले वडाका विकासका लागी आफूले कुनै कसर बाकी नराखेको बताउनु भयो । शिवराजको दुर्गम वडाको रुपमा रहेको वडाका प्रत्येक गाउँ पक्कि सडक विस्तार गरेको उहाँले बताउनु भयो । वडाका नगरिक मात्रै नभएर वडाको स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्य स्वंय सेविकालाई पनि दराज वितरण गरिएको अध्यक्ष चौधरीले बताउनु भयो ।


कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्रि तथा जनता प्रगतिशिल पार्टिका केन्द्रिय महासचिव इश्वदयाल मिश्रले वडा अध्यक्षले वडाको विकास गरेको देखेर आफुलाई खुसी लागेको बताउनु भयो । आफूले गत निर्वाचनमा हारेको भए पनि विकासका लागी सदैव तयार रहेको उहाँले बताउनु भयो । वडा अध्यक्षले वडामा गरेको विकासको कामको मूल्यांकन जनताले गर्ने समेत उहाँले बताउनु भयो ।
नेकपा माओवादी केन्द्र शिवराज नगर अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य दिनेश पुनले स्थानिय चुनावमा स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएका चौधरीले जनताको मन जित्ने गरि विकासको काम गरेको र अब वडा अध्यक्ष चौधरी एक्लो नभई नेकपा माओवादी केन्द्र सिंगो पार्टि संगै रहेको उहाँले बताउनु भयो । कार्यक्रमा वडाका ५ सय ५० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको वडा अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma