पछिल्लो समय वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका घरपरिवारले भोग्नु परेका समस्य तथा वैदेशिक रोजगारीमा रहेका गएका पुरुषका श्रीमती लाई हेर्नु दृस्ठिकोण सङै आर्थिक संकटका कारण बाध्यतावस वैदेशिक रोजगारीमा जानू परेको कथामा आधारित नेपाली कथानाक चलचित्र प्रदेशिको घर यहि बैशाख २८ गते रिलिज हुने भएको छ।
नेपाली कथानक चलचित्र प्रदेशिको घरका लेखक÷निर्देशक बिकास पुन मगरले फिल्मको छायांकन लगायतको सम्पूर्ण काम सकिएको भन्दै ट्रेलर रिलिज गरेका छन्। उनले प्रदेशिको घर चलचित्रको मुख्य छायांकन शिवराज नगरपालिका १ को धानखोला र नगरपालिका भित्रका बिबिन्न्न ठाउमा गरिएको बताए। पुनले सत्य घटनामा आधारित गरिब बिपन्न माथि गरेको विभेद, उत्पीडन, दमन र सङ्गै गाउँमा मुखियाले गरिवप्रती गरेको अत्याचारको कारण अझैसम्म त्यसको प्रभावका कारण बिदेशिनु परेको कथावस्तु फिल्ममा समेटिएको छ।’ फिल्ममा बिकास पुन मगर, सन्ताेष घर्ती मगर, सबिता बि.क टोप बहादुर पुन मगर अरून सुनार,बिकास पौडेल , सीता ,टोप बहादुर राना मगर ,कृष्न,सुरज, भिमा, सिर्जना,मन्जु,पबित्र,मिना, लगाएतले अभिनय गरेका छन ।


प्रतिक्रिया