Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

चन्द्रौटा,११ चैत
कपिलवस्तुको शिवराज नगरपालिका ३ नम्बर वडा कार्यालयले बालबालिका र विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । वडा भित्रका अति विपन्न गरिब, अभिभावक विहीन ४० जना बालबालिकालाई शैक्षिक सामाग्री र ६ वटा विद्यालाई ट्राली स्पिकर, पंखा वितरण गरिएको छ ।
शुक्रवार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष टेकलाल सापकोटाले उक्त सामाग्री वितरण गर्नुभएको हो । बालबालिकाले पढ्न पाउने नैसर्गिक अधिकारलाई ध्यानमा राखी अभिभावक विहीन तथा विपन्न परिवारका बालबालिकालाई संरक्षण गर्नुपर्ने सापकोटाको भनाई छ । उनीहरूको भविष्य उज्ज्वल बनाउने उद्देश्यले यो कार्यक्रम ल्याएको बताउँदै सबैको सम्मान पहुँच हुनुपर्ने वडाध्यक्ष सापकोटाले बताउनुभयो ।


“आफू निर्वाचित भए पश्चात् वडाका सबै विद्यालयहरूमा स्तरोन्नतिको सुरुवात गरेको जसमा पहिला खानेपानी लाई प्राथमिकतामा राखेका थियौँ उहाँले भन्नुभयो त्यस लगत्तै भवन, बाउन्डरी वाल र एउटै रङ रोगन लगायत गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूलाई तालिमहरू सञ्चालन गरेका छौँ“ ।
बेवर भवानी आधारभूत विद्यालय मैनारका प्रधानाध्यापक देव बहादुर जिसीले वडाले गरेको कार्य प्रशंसा गर्दै दिगो शिक्षण सिकाइका लागि उल्लेखनीय रहेको बताउनुभयो । वडाले योजना सहित शैक्षिक क्षेत्रमा लगानी गरेको कार्य प्रभावकारी भएको बताउँदै वितरण गरिएको सामग्रीले शैक्षिक गुणस्तरमा थप ऊर्जा मिल्ने समेत जिसीले जनाए ।
कार्य क्षेत्र भित्र रहेका आम सर्वसाधारणलाई जुनसुकै समयमा दुःखमा परेलाई घरमै पुगी सहयोग गर्दै आएका छन् । आगामी समयमा समेत दुःखी तथा विपन्न परिवारलाई आफूले सक्दो सहयोग गर्ने वडाध्यक्ष सापकोटाले प्रतिबद्धता जाहेर गरेका छन् । उक्त कार्यक्रमलाई श्यामलाल थारु, सीता पुन र राज कुमार ज्ञवाली लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma