Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

आईपीएल टी–ट्वान्टी क्रिकेट आजबाट सुरु हुँदै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज शनिबारबाट सुरु हुँदैछ ।

शनिबार हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । ​वान्खडे स्टेडियममा हुने खेल नेपाली सयम अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ ।

साविकको विजेता चेन्नई आजको खेलमा पनि सुखद सुरुवात गर्ने योजना सहित रवीन्द्र जडेजाको कप्तानीमा मैदान उत्रदैछ । महेन्द्र सिंह धोनी यसै साता कप्तानको जिम्मेवारीबाट हटेपछि चेन्नई रविन्द्रको कप्तानीमा छ ।

यता, पहिलो पटक श्रेयस अय्यरको कप्तानीमा मैदान उत्रने कोलकाता पनि सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो प्रस्तुत गर्ने योजनामा छ ।

यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma