Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शनिवारदेखि प्रदूषण बिस्तारै कम हुँदै जाने

काठमाण्डाै – पर्सि शनिवारदेखि बिस्तारै प्रदूषण कम हुँदै जाने मौसमविद्ले बताएका छन् । पर्सि बेलुकातिर ठूलै पानी पर्ने सम्भावना भएकाले पर्सिदेखि प्रदूषण कम हुँदै जाने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । 

उहाँका अनुसार धेरै ठूलो पानी नपरे पनि प्रदूषण हट्ने गरी पानी पर्ने सम्भावना छ । पानी कति ठूलो पर्छ र बढी कुन क्षेत्रमा पर्छ भन्नेबारे भने भोलि शुक्रवार बेलुकातिरमात्रै भन्न सकिने उहाँले बताउनुभयो । 

नेपालमा केही दिनयता मौसम धुम्मिएर प्रदूषण बढेको छ ।  स्थानीय वायुको प्रभावका कारण बेलुकातिर सामान्य हावाहुरी र पानी पर्ने गरेको भए पनि प्रदूषण हट्ने गरी पानी परेको छैन । 

यसैबीच आज बिहीवार बेलुका बाग्मती, गण्डकी र प्रदेश नम्बर एकका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित सामान्य पानी पर्ने सम्भावना रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma