Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

चन्द्रौटामा दशैको त्रियोदशीको दिन सराय जात्रा हुने

दिपक के.सी.
कपिलवस्तु असोज ५
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ मा रहेको दुर्गा मन्दिरबाट हरेक बर्ष दशैको त्रियोदशीको दिनमा हुने बृहत्त सराय जात्रा यस पटक पनि हुने भएको छ ।
कोभिड १९ कोरोनाको प्रभावका कारण विगत दुई बर्ष रोकिएको सराय जात्रा पुन निरन्तरता दिनका लागि मन्दिर व्यवस्थापन समितिले बुधबार स्थानियहरु संग छलफल संगै तयारीलाई अगाडी बढाएको छ ।


संस्कृतिको संरक्षण प्रर्वद्धन संगै धार्मिक सद्भाव सहित दशैंको सराय जात्रा निकालिने दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भिमलाल पाण्डेले बताउनु भयो । सराय जात्रा व्यवस्थित र भव्य सम्भ तबरबाट सम्पन्न गर्न विभिन्न समितिहरु समेत गठन गरिएको पाण्डेले बताउनु भयो । दशैको त्रियोदशीको दिन निकालिने सराय जात्राको संयोजक नन्दराम पौडेल, बाजा व्यवस्थापन समिती संयोजक लेखनाथ घर्ति,कालरात्री संयोजक खिम बहादुर पुन, आर्थिक संयोजक लाल बहादुर थापा, शान्ति सुरक्षा व्यवस्थापन संयोजक टुकलाल पौडेल,अनुगमन समिति संयोजक हुमकान्त खनाल,प्रचार प्रसार संयोज दिपक के.सी. र भजन कृतन समिति संयोज अन्नत पोखरेललाई चयन गरिएको पाण्डेले बताउनु भयो ।
जात्रालाई व्यवस्थित बनाउन संयोजकहरुले आफ्नो समिति विस्तार गरि तयारीलाई तिब्रता दिने मन्दिर व्यवस्थापन समितिका सचिव कविता आचार्यले बताउनु भयो । सराय जात्रा दुर्गा मन्दिरबाट सुरु भई काग्रेस चोकको भित्री बाटो हुदै कर्णेश्वरी मन्दिर पुग्ने र त्यहाँबाट फुलपाति लिई मुख्य बाटो हुदै बजार परिक्रमा गरि पुन मन्दिर परिसर हुदै समापन हुने मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष लाल बहादुर थापाले बताउनु भयो ।


दशैको घटस्थापनाको दिन पुजा आजा सहित राखिएको दुर्गा भवानीको हातहतियार त्रियोदशी दिन पञ्चेबाजासहित खुकुरी, तरबार र खुँडा नचाई एकापसमा जोडिएर वाखै हो भन्दै सराय नाच नाच्ने गरिन्छ । चन्द्रौटाको दुर्गा मन्दिरबाट विगत एक दशक यता यो सराय नाच नाच्न लागिएको र यसै निरन्तरता दिन लागिएको स्थानिय समाजसेवी तथा अनुगमन समिति संयोजक हुमकान्त खनालले बताउनु भयो । हाम्रो परम्परा धर्म संस्कृतिको संरक्षण र धार्मिक सहिष्णुताका लागी यस बर्ष धुमधामका साथ सराय जात्रा निकालिने खनालले बताउनु भयो ।
सराय नाचले यस क्षेत्रमा सामाजिक , धार्मिक सद्भाव कायम राख्दै आपसी भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने हुदाँ यसलाई निरन्तरता दिनु पर्ने र सबैले सराय जात्रा सफल पार्न सहयोग गर्नु पर्ने व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma