Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

अनशनको १० ‌औं दिन डा. केसी उपचारका लागि काठमाडौं जान तयार

धनगढी – स्वास्थ्य सेवा सुधारका माग राखेर १० दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसी उपचारका लागि काठमाडौं जान तयार भएका छन् ।

अनशनका क्रममा स्वास्थ्यमा समस्या आएपछि उनी काठमाडौं जान तयार भएका हुन् । उनी श्री एयरलाइन्सको विमानबाट काठमाडौं जाँदै छन् ।

केसी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि उनलाई काठमाडौं पठाउन हिजो सेनाको स्काई ट्रक झिकाइएको थियो ।

तर उनले काठमाडौं नजाने अडान लिएपछि स्काइ ट्रक रित्तै फर्केको थियो । तर आज भने उनी काठमाडौं जान तयार भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma