Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

कपिलवस्तुमा ट्रकको ठक्करवाट थापाको मृत्यु

कपिलवस्तु ,८ असोज
कपिलवस्तुमा शिवराज नगरपालिका ३ मा ट्रकको ठक्कर वाट एक पैदल यात्रुको मृत्यु भएको छ । शनिवार बिहान पश्चिम वाट पूर्व जाँदै गरेको ना ८ ख ३८२९ नम्बरको ट्रकको ठक्कर वाट गुल्मी घर भएको ३४ वर्षको बम बहादुर थापाको मृत्यु भएको हो ।
ससुराली घर आएका थापा छोरी सहित बिहान बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो । थापाको उपचार लागि चन्द्रौटा लैजाँदै गर्दा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग साहीले बताउनुभयो ।
दुर्घटना बाट उनकी ३ वर्षीय छोरी अनु थापाको खुट्टा र टाउको चोट लागेको छ । घाइते छोरी थापाको बुटवलमा उपचार भइरहेको प्रहरी निरीक्षक साहीले बताउनुभयो । ट्रक र चालक प्रहरी नियन्त्रण रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma