Developed By Kuldeep Sharma

११ महिना अगाडि

एकदिवसीय विश्व कप छनोट : नेपालले अमेरिकालाई ६ विकेटले हरायो

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ । अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।  नेपालका भीम सार्कीले नटआउट ७७ रन बनाए ।

दिपेन्द्रसिंह ऐरी ३९ रनमा नटआउट रहे भने कुशल भुर्तेलले पनि ३९ रन नै बनाए । यसअघि नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ७ रन बनायो । उसका शायन जहंगिरले नटआउट एक सय रन बनाए ।

बलिङतर्फ नेपालका करण केसीले ४, गुल्सन झाले ३,  दिपेन्द्रसि‌ंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए । अमेरिकाले १८ रन बनाउँदा नै ४ विकेट गुमाइसकेको थियो तर त्यसपछि भने नेपाली बलरलाई विकेट लिन हम्मेहम्मे हुँदा अमेरिका २ सय ७ रन बनाउन सफल भयो । अघिल्लो खेलमा विकेट लिन नसकेका सन्दीप लामिछाने आज पनि विकेटविहीन रहे ।  पहिलो खेलमा नेपाल जिम्बावेसँग र अमेरिका वेस्ट इन्डिजसँग पराजित भएका थिए ।

यस्तै, आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिता अन्तर्गत जिम्बावेले नेदरल्याण्ड्सलाई  ६ विकेटले हराएको छ । नेदरल्याण्ड्सले दिएको  ३ सय १६ रनको विशाल लक्ष्य जिम्बावेले ४० ओभर पाँच बलमा चार विकेट गुमाएर भेट्टायाे । उसका लागि सिकन्दर राजाले नटआउट १ सय ४ रन बनाए ।

यस्तै, सिन विलियम्सले ९१ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको  नेदरल्याण्ड्सका लागि विक्रमजित सिंहले ८८ र स्कट इडवार्डले ८३ रन बनाए । जिम्बावेका सिकन्दर राजाले ४ विकेट लिए । लगातार दोस्रो जितसँगै जिम्बावे ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

समान २/२ अङ्क भएका वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो  स्थानमा छन् । लगातार दोस्रो हार बेहोरेको अमेरिका चौथो र नेदरल्याण्ड्स पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma