Developed By Kuldeep Sharma

९ महिना अगाडि

साईनिङ्ग स्टार युवा क्लबको छैटौं फुटबल प्रतियोगिता भाद्र ५ देखि ।।

सुर्य गुरुङ

कपिलवस्तु – साईनिङ्ग स्टार युवा क्लबको छैटौं फुटबल प्रतियोगिता भाद्र ६ देखि शुरु हुने भएको छ ।

बिहिबार साईनिङ स्टार युवा क्लबको खेल मैदानमा बसेको बैठकले छैटौं श्रृङखला आगामी भाद्र ६ गते देखि शुरु  गर्ने निर्णय गरेको क्लबका अध्यक्ष सुर्य गिरिले जानकारी दिनुभयो ।

बिगत छ बर्ष अघि देखि यस क्लबले शिवगढीमा रहेका पर्यटकीय स्थल विशेष गरि रमुवादहको कृष्ण मन्दिर ,शिवगढी मन्दिरको प्रमुख प्रवेश द्वारको प्रचारप्रसार गर्ने गरि यस आयोजनालाई निरंतरता दिदै आएको छ ।

पछिल्लो समय युवाहरु गलत बाटो तर्फ बढी लागि रहदा त्यसलाई रोक्न समेत खेलले मद्दत गर्ने र स्वस्थ जनशक्ति उत्पादनमा समेत यस प्रतियोगिताले टेवा पुग्ने क्लबले दाबी गरेको छ।प्रतियोगितामा महिला पुरुष दुवै प्रतियोगिता हुनेछन्

पुरुष तर्फको बिजेताले ३० हजार नगद ट्रफि मेडल र प्रमाणपत्र महिला तर्फका बिजेताले नगद १० हजार ट्रफि मेडल र प्रमाणपत्र पाउनेछन् टिम दर्ता आगामी भाद्र ५ गते साझ ५ बजे सम्म गर्न सकिने आयोजकले जानकारी दिएको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma