Developed By Kuldeep Sharma

२ महिना अगाडि

बालगायिका एक्टिमा परियारले विद्यार्थीसग मनाईन जन्मदिन 

बालगायिका एक्टिमा परियारले विद्यार्थीसग मनाईन जन्मदिन

कपिलवस्तु । बाल लोक दोहोरी गायिका एक्टिमा परियारले आफ्नो जन्मदिनको अवसरमा चन्द्रौटामा रहेको राष्ट्रिय माध्यमिक विद्यालय अध्ययनरत कक्षा २ का ७० जना बालबालिकालाई स्टेशनरी वितरण गरेकी छन् ।

जन्मदिनमा केक काटेर रमाइलो गरी मनाउने परम्परागत शैलीलाई परित्याग गर्दै उनले सो रकम शिक्षामै लगानी गर्ने उद्देश्यले बालबालिकाहरूलाई शैक्षिक सामग्री सहयोग गरेकी हुन् ।

विद्यालयको बिहानी प्रार्थना कार्यक्रममा उनी अचानक उपस्थित भइ बालबालिकासँग खुसी साटासाट गरेकी थिइन् । कार्यक्रममा उनले आफ्ना बाल्यकालदेखि हालसम्मको अनुभव समेत बालबालिकासँग बाँडेकी थिइन् ।

हाल उनी आवर मदरल्याण्ड एकेडेमी, चन्द्रौटा, कक्षा ६ मा अध्ययनरत छिन् । विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारिले सामाजिक भावना र प्रेरणादायी कार्यका लागि एक्टिमा परियारलाई धन्यवाद दिँदै आगामी दिनमा अझ प्रगतिका शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma