Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिबराजमा स्वास्थ्य कर्मि नै गर्छन कोरोना संक्रमितको शब व्यवस्थापन


दिपक के.सी.
कपिलवस्तु जेठ ३
कपिलवस्तुको शिवराज नगरपालिकामा कोरोना भाइरस कोभिड १९ को नयाँ भेरियन्टले नगरपालिकामा १७ जनाको निधन भएको छ । नगरले संचालन गरेको आधारभूत स्वास्थ्य सेवा अस्पतालमा ४ जना कोरोना संक्रमितको निधन भएको छ । आइशोलेशनमा निधन भएका सक्रमितको शव स्वास्थ्य कर्मिले नै व्यवस्थापन गर्दै आएका छन ।
नगरपालिकाले शिवराज आधारभूत स्वास्थ्य सेवा अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि आइशोलेशन संचालन गरेको छ । आइशोलेशनमा भर्ना भएका संक्रमित मध्ये ४ जनाको उपचारका क्रममा आइशोलेशनमा नै निधन भएको छ । आइशोलेशनमा निधन भएका व्यक्तिहरुको शव व्यवस्थापन नेपाली सेना गर्ने भए पनि शिवराज नगरपालिकामा भने स्वास्थ्य कर्मिले नै शव व्यवस्थापन गर्दै आइरहेका छन । सुरुमा २ वटा शवको व्यवस्थापन नेपाली सेनाले गरेको हो । तर त्यसपछि निधन भएका संक्रमितको शव भने स्वास्थ्य कर्मिले नै व्यवस्थापन गरेको शिवराज स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराइले बताउनु भयो । निधन भएको संक्रमितलाई लामो समय आइशोलेशनमा राख्न नसकिने र नेपाली सेनालाई खबर गर्दा ढिलो हुने भएकाले स्वास्थ्य कर्मि आफैले शव व्यवस्थापन गर्नु परेको भट्टराइले बताउनु भयो ।
कोरोना संक्रमण भएर निधन भएकाको शव आफन्तले पनि नछुने नेपाली सेनाको लागि पनि लामो प्रकृया लाग्ने हुदाँ आफु र संगैका नर्सहरुको सहयोगले शव र्यापिङ्ग गर्ने ,शव बाहनमा लोड गर्ने अन्तेष्ठि गर्ने ठाउमा लागेर व्यवस्थापन समेत आफैले गर्नु परेको आइशोलेनमा रहेका अहेब प्रमोद पौडेलले बताउनु भयो । शव व्यवस्थापनमा अहेब बसन्त देवकोटा ,नर्सहरु कल्पना वि.क.,सिन्धु जि.सी.,सर्जिला पुन सक्रियता रहेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताउनु भयो ।
आफन्त समेत शव व्यवस्थापनका लागि अघि नसरेको समयमा स्वास्थ्य कर्मिले जोखिम उठाएर व्यवस्थापनमा लाग्नु निकै सराहनिय काम भएको नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । नागरिकको स्वास्थ्य सुरक्षाका लागी आफ्नो परिवारबाट टाढा भई संक्रमितको उपचार खट्ने सबै स्वास्थ्यकर्मिलाई सबै नागरिकले हौसला प्रदान गर्नु पर्ने उहाले बताउनु भयो । नगरपालिकामा हाल सम्म विभिन्न स्थानमा उपचारका क्रम कुल १७ जनाको कोरोनाबाट निधन भएको शिवराज स्वास्थ्य शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma