Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

आइटि एफ तेक्वान्दो संघ कपिलवस्तुको अध्यक्षमा रायमाझी

१७ माघ, कपिलवस्तु – नेपाल अन्तराष्टिय तेक्वान्दो महासंघ कपिलवस्तुको अध्यक्षमा राकेश सिंह रायमाझी चयन भएका छन । जिल्लाको चन्द्रौटामा सोमवार भएको जिल्ला भेलाले रायमाझीलाई चयन गरेको हो ।

न्याय, सत्यता, विश्वशान्ती, स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नारा सहित जिल्लाको चन्द्रौटामा रायमाझी को अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समीती गठन गरिएको हो । भेलाले उपाध्यक्षमा रमेश मल्ल सचिवमा नवराज पौडेल कोषाध्यक्षमा रन्जित चौधरी लाई चयन गरेको छ ।

मनिष पोख्रेल, गोपाल मल्ल, सुरेश रायमाझी र पुजन थापा सदस्यमा चयन भएका छन । नव निर्वाचीत समितिलाई जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष कृष्णप्रसाद सापकोटा , कार्यलय प्रमुख मिन प्रसाद पोख्रेल , तेक्वान्दो महासंघका केन्द्रिय सदस्य प्रेमवहादुर कामु मगर , लुम्विनी प्रदेश आइटि एफ संघका उपाध्यक्ष विक्रम बाठा मगर , युवा नेता अजय थापा लगाएतकाले सफल कार्यकालको सुभकामना व्यतm गरेका थिए ।

कार्यक्रम लुम्विनी प्रदेश आइटि एफ का बरिष्ट उपाध्यक्ष रितमान कामु मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma