Developed By Kuldeep Sharma

९ महिना अगाडि

शिवराज ९ का ३० जना कृषक सम्मानित छ्नुराम बने उत्कृष्ट

कपिलवस्तु -शिवराज ९ का ३० जना कृषक सम्मानित हुदा छ्नुराम बने उत्कृष्ट बनेका छन । शुक्रवार शिवराज नगरपालिका वडा न ९ ले आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजना गरि ब्यवसायिक कृषि गर्दै आउनु भएको वडाका ३० जना कृषकलाई प्रोत्साहन स्वरुप सम्मान गर्दा भगवानपुरका छनुराम थारु उत्कृष्ट बनेका हुन ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिवराज कृषि साखा प्रमुख तारा चन्द चौधरीले शिवराज नगरपालिका पनि कृषिको प्रमुख आधार क्षेत्र भए पनि प्रयाप्त सिचाइ सुबिधा नहुदा अपेक्षित उत्पादन गर्न नसकेको बताउनु भयो नगरमा अहिले मात्र चालीस प्रतिशत सिचाइ सुबिधा रहदा साठी प्रतिशत उत्पादन गर्न योग्य जग्गा बाझो रहनु दु:खद भएको बताउनु भयो ।पुर्वाधार क्षेत्रमा नगर उल्लेख्य प्रगति गरि सकेको नगरले अब कृषिलाई प्राथमिकतामा राख्ने प्रमुख चौधरीको भनाइ छ ।
त्यस्तै शिवराज नगरपालिका वडा न ९ का वडा अध्यक्ष रामगोपाल चौधरीले वडामा ब्यवसायिक रुपमा कृषि गर्दै आउनु भएका किसानलाई हौसला प्रोत्साहन स्वरुप सम्मान गरिएको बताउनु भयो ।वडा अध्यक्षमा निर्वाचित भए लगत्तै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको अध्यक्ष चौधरीले अनुदानमा विभिन्न कृषि औजार बीउ बितरण र आवश्यक कृषि सम्बन्धि तालिम पनि संचालन गर्दै आउनु भएको छ ।
सम्मानित भएका किसानले वडाले सम्मानित गर्दा खुशी भएको बताएका छन । यो सम्मानले थप उर्जा मिलेको बताएका छन ।
गोपाल सापकोटाले सान्चालन गर्नु भएको कार्यक्रममा वडा सदस्य जोख बहादुर पुन वडा सचीव सिताराम कोहार लगायत स्थानीय कृषिकहरुको उपस्थितिमा समपन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma