Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

कपिलवस्तुमा मतदाताको संख्या ३ लाख ८७ हजार ४ सय ७२

कपिलवस्तु – दश पालिका रहेको कपिलवस्तुमा ७५ हजार बढी मतदाता थपिएका छन्। मतदाता नामावली संकलनबाट जिल्लामा ७५ हजार ७ सय १२ जना नयाँ मतदाता थपिएका हुन्। यससंगै जिल्लामा मतदाताको संख्या ३ लाख ८७ हजार ४ सय ७२ पुगेको जिल्ला निर्वाचन कार्यलय प्रमुख ज्ञानुराम पन्थीले बताए।


मतदाता नामावली संकलनबाट संकलित मतदाताको संख्या मात्र अहिले निकालिएको र ती मतदातालाई अद्यावधिक गर्न बाँकी रहेको निर्वाचन कार्यालयका प्रमुख पन्थीले बताए। ‘थपिएका मतदाता र वाँकी मतदाता नामावलीलाई प्रत्येक पालिकामा पठाइने र सुचना र दावी विरोध पछि अन्तिम नामवली अबको एक महिना भित्रै सार्वजनिक गछौ ’ उनले भने।

माघ २४ गते सम्म २ लाख ८ हजार २ सय ८० पुरुष, १ लाख ७९ हजार १ सय ९० महिला र २ जना तेस्रो लिंगी मतदाता छन्। जिल्लामा गत प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन २०७४ मा ३ लाख ११ हजार सात सय ६० मतदाता रहेका थिए। गत मंसिर १७ देखि पुष १९ मा सकिएको मतदाता दर्ता विशेष कार्यक्रममा १० स्थानीय तहबाट १५ हजार ४ सय ९१ ले नाम दर्ता गराएका थिए।

१६ वर्ष उमेर पुगेपछि नेपाली नागरिकले मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था छ। मताधिकार प्रयोग गर्न १८ वर्ष पुग्नु पर्ने हुन्छ। मतदाता संख्या बढे संगै जिल्लामा मतदान केन्द्र पनि बढ्ने भएको छ। २०७४ को प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा २ सय ३३ वटा मतदान केन्द्र रहेकोमा त्यसपछि २ वटा थप गरीए संगै २ सय ३५ मतदान केन्द्र पुगेको छ। बाहिरी जिल्लाबाट यस जिल्लामा १ सय ४३ जनाले मतदान गर्न पाउने गरी निवेदन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी पन्थीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma