Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

स्थानीयतहको निर्वाचनमा लुम्बिनीलाई माओवादी केन्द्र मय बनाउनु पर्छः नेता पुन

कपिलवस्तु – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय समितिका बरिष्ठ सदस्य वर्षमान पुन मगरले अब लुम्बिनी प्रदेश (माओवादी केन्द्र) को आधार इलाका भएकोले स्थानीयतहको निर्वाचनमा लुम्बिनीलाई माओवादी केन्द्र मय बनाउनु पर्ने बताउनु भएको छ । बुधबार कपिलवस्तुको शिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न माओवादी केन्द्र प्रदेश कमिटीको प्रथम पूर्ण बैठकलाई संम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । पुनले आगामी निर्वाचनमा पनि माओवादी केन्द्रको आधार इलाका रुपमा विजय बनाउको लागि एक ढिक्का भएर लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
उहाले जनयुद्धको आधार इलाका लुम्बिनी प्रदेशलाई जसरी भए पनि माओवादी केन्द्रको आधार इलाका परिणत गर्नका लागि सबै कार्यकर्ताहरु मन, बचन र कर्मले लाग्नका लागि आग्रह गर्नुभयो । उहाले भन्नुभयो “यो माओवादी केन्द्रको आधार इलाका, जनयुद्धको उद्गम प्रदेश हो, यहाँको विजयले माओवादीलाई विश्वममा चिनाउन सक्छौ ।” यस कारण पनि प्रदेशलाई माओवादी केन्द्रको आधार प्रदेश बनाउनको लागि लाग्नुहोस् पार्टी केन्द्रले हरदम सहयोग गर्ने उहाँको भनाई छ ।” माओवादी केन्द्रका प्रभावशाली नेता एवं प्रमुख अतिथि वर्षमान पुन मगरले लुम्बिनी प्रदेशका सबै स्थानीयतह निर्वाचनमा व्यालेटबाट माओवादी केन्द्रको आधार इलाका बनाउनको लागि लाग्नु पर्ने बताउनुभयो । पुनले नेपालमा कम्युनिष्टहरुको एकताको लागि जनताले जनमत प्रदान गरेपनि नेकपा एमालेका अध्यक्ष केपी ओलीको अहंकारी प्रवृत्तिबाट देश प्रतिगमनतिर गएको बताउदै त्यसका लागि माओवादी केन्द्रको कारणले मात्रै देशको संविधान, गणतन्त्र लगायतको रक्षा भएकोले अब फेरी पनि त्यसको रक्षा र कार्यन्वयनका लागि माओवादी केन्द्रलाई विजय बनाउनु पर्ने कारणसहित गाँउ गाँउ जानकालागि निर्देशन दिनुभएको छ । उहाँले एमालेको एकताले देशलाई थप समृद्ध तिर लग्ने भन्दा भन्दै एमालेका अध्यक्ष ओली प्रवृतिले देशलाई करिव दुर्घटनातिर लगेको जिकिर गर्नु भयो । कम्युनिष्ट पार्टीहरुको केन्द्रीकरण गर्दै हालको गठबन्धलाई बलियो बनाएर समृद्धको लागि अगाडि बढाउनु पर्ने उहाँको भनाई छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र) का नेता एवं लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज चक्रपाणि खनाल (बलदेव)ले लुम्बिनीमा पदाधिकारीमा सबै भूगोल, मनो विज्ञान लगायत सबैको सहमति गर्नका लागि केही समय लागे पनि सहमति र सहकार्यताको तरिकाले आगामी दिनमा पार्टीलाई एक ढिक्का भएर अगाडि बढाउन सकिने बताउनुभयो । सबै वर्ग, क्षेत्र, समुदाय लिंगलाई समाहित गरेर निर्वाचनमा जानका लागि उहाँले निर्देशन गर्नुभएको छ । खनालले सम्पूर्ण नेता कार्यकर्ताहरुलाई आम जनतको बीचमा जनाका लागि निर्देशन गर्दै स्थानीयतहको निर्वाचनमा लाग्न अनुरोध गर्नुभयो । उहाले परिणाम दिने गरी एकताबद्ध भएर लाग्नका लागि आग्रह गर्नुभयो ।

त्यस्तै मुख्यमन्त्री एवं लुम्बिनि प्रदेश सहइन्चार्ज कुलप्रसाद केसीले लुम्बिनी माओवादी केन्द्रको उर्वर र उद्गमभूमि भएकाले गर्दा त्यसलाई स्थानीयतहबाट परिणाम दिनका लागि लाग्न निर्देशन दिनुभयो । उहाँले सरकार र पार्टीको समन्वययमा पार्टीका कामलाई अगाडि बढाउनको लागि नेता कार्यकर्तालाई निर्देशन गर्दै भन्नुभयो “माओवादीलाई जनताको पार्टी बनाउने तर्फ लाग्न निर्देशित गर्दछु ।” सरकारको तर्फबाट सकेजति जनताको सेवा गरिरहेकोले त्यसको प्रचार प्रशार गरी अगाडिे बढ्नु पर्ने बताउनुभयो । बैठकमा लुम्बिनी प्रदेश कमिटीले चैत्र ५ गते देखि १५ गतेसम्म राजनीतिक प्रशिक्षण गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय समितिका सदस्यहरुको आथित्यता रहेको थियो । सबै पार्टी कार्यकर्ताहरु अब स्थानीयतहमा माओवादी केन्द्रलाई विजय बनाउने गरि लाग्नुपर्ने बैठकको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma