Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

कपिलवस्तुको बाणगंगामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कपिलवस्तु – कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ मा मोटरसाइकल दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ ।

गुडिरहेको लु ६४ प ५७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर रुखमा ठोक्किदा दुई जनाको ज्यान गएको हो ।

ज्यान जानेमा मोटरसाइकल चालक वडा नं. २ का २५ बर्षीय रमेश विश्वकर्मा र पछाडी बसेका २७ बर्षीय गोपाल विश्वकर्मा रहेका छन् ।

रुखमा ठोक्किँएर गम्भीर घाइते भएका दुबै जनालाई लुम्बिनी प्रादेशिक अस्पतालमा लगिए पनि अस्पतालले मृत घोषणा गरेको इलका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिपकबाबु केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma