Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

नागरिकता विधेयक राेक्न राष्ट्रपतिलाई नागरिक समाजको अनुरोध

काठमाडाैं – नागरिक समाजका अगुवाहरुले नागरिकता विधेयकलाई अघि नबढाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अनुरोध गरेका छन्।

आज शीतलनिवासमा अनुरोध पत्रसहित पुगेका नागरिक समाजका अगुवाहरुले नागरिकता विधेयक देशका लागि हितकर नभएको भन्दै यसकाे प्रमाणीकरण रोक्न अनुरोध गरेका हुन्।

राष्ट्रपतिलाई भेट्न पुगेका नागरिक अगुवाहरु अख्तियारका पूर्व आयुक्त सूर्यनाथ उपाध्याय, अधिवक्ता सुरेन्द्र भण्डारी, वरिष्ठ पत्रकारद्वय ध्रुवहरी अधिकारी , आदित्यमान श्रेष्ठ, बुद्धिजीवि राजेश अहिराज, द्वारिकानाथ ढुंगेललगायतका एक दर्जनले पुगेर ज्ञापन पत्र बुझाएका हुन्।

उनीहरुले नागरिकता विधेयक राष्ट्रका लागि घातक सावित हुने भन्दै यसलाई रोकेर पुनर्विचारका लागि संसदमै पठाउन सुझाव दिएका छन्।

यस बिषयमा राष्ट्रपति भण्डारीले केही प्रतिक्रिया नदिएको बताइएको छ भने यस बारेमा शीतलनिवास स्रोतले पनि केही जानकारी दिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma