Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराजमा स्वघोषित हाकिम विश्वकर्मा ,हस्ताक्षरको दुरुपयोग गर्दै

शिक्षक नियुक्तिमा चरम विवादमा पर्ने शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख पूर्ण विकले आफूले स्वघोषित हाकिमको जिम्मेवारी लिएका छन् । आठौँ तहका अधिकृत विकले उपसचिव गणेश प्रसाद अर्यालको सरुवा भएसँगै निमित्त प्रमुख प्रशासकीय अधिकृत भन्दै कर्मचारी भर्नाको विज्ञापन,कर्मचारी सरुवा र कर्मचारी भित्र गुटबन्दी गरिरहेका छन् ।
विकलाई पूर्व प्रशासकीय अधिकृत र मन्त्रालय कसैले पनि निमित्तको पत्र दिएको छैन । पत्र नभई हस्ताक्षर गर्नु गैर कानुनी मानिन्छ । अर्यालको सरुवा भए लगतै विकले नगरमा मन मर्जी निर्णय गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरको दुरुपयोग समेत गरेका छन् । अधिकृत विकले आफू निकटका व्यक्तिलाई नियुक्ति गर्न गैर कानुनी रूपमा विज्ञापन खोलेका छन् । स्रोतका अनुसार उनका भाइलाई स्रोत व्यक्तिमा नियुक्ति गर्नको लागि विज्ञापन खोलेको बताइएको छ । स्रोत भन्छ “मेयरका मान्छेहरू पनि समावेश गर्ने गरी विज्ञापन खोलिएको छ,यो पूर्ण रूपमा गैर कानुनी हो, ।
केही दिनमा प्रमुख प्रशासकीय अधिकृत आउने जानकारी पाएपछि विकले हतार हतार गरी सूचना अधिकृत र स्रोत व्यक्तिको विज्ञापन खुला गरेका छन् । निमित्त दिएको पत्र नभई हस्ताक्षर गर्न नपाइने कानुनी व्यवस्था भए पनि विकले मनोमानी तवर वाट आफूलाई निमित्त घोषणा गर्दै दैनिक काम कारबाही गरिरहेका छन् ।
विकले अर्यालको सरुवा भए लगतै स्वास्थ्यकर्मी प्रकाश पोख्रेललाई नगरमा हाजिर गराएका छन् । चनई स्वास्थ्य चौकीमा सरुवामा भएका पोख्रेल उक्त ठाउँ जान नमानेपछि झुट्टा विवरणलाई आधार मानी भदौ ६ गते देखि नगरमा हाजिर गर्न लगाएका हुन ।
पोख्रेलले भदौ १२ गते मात्र नगरमा हाजिर गराउनु भन्दै निवेदन दिएका थिए । अधिकृत विकले मनोमानी तवरले ६ दिनको हाजिर गराएर अहिले विरोध आएपछि उक्त हाजिरलाई इस्टीज गरी बन्द गरेका छन् । १२ गते निवेदन दिएका पोख्रेललाई ६ दिन अघि नै हाजिर गराउनुले उनको निकटता प्रस्ट हुन्छ । उनको काम प्रति नगर अन्य कर्मचारीहरू पनि असन्तुष्ट छन् । यता विकले आफूलाई कसैले पनि निमित्तको पत्र नदिएको र निमित्तले कर्मचारी नियुक्त गर्न नपाउने स्वीकार गरेका छन् । निजामती कर्मचारी ऐन अनुसार आफूले अधिकार प्रयोग गरेको दाबी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma