Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

कपिलवस्तु आएर सुदर्शनले भने-माओवादी प्रति जनतामा भ्रम पैदा भयो

माधव बेल्वासे
कपिलवस्तु,११ असोज
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादी केन्द्र प्रति जनतामा भ्रम सिर्जना भएको बताए । अन्य पार्टी र माओवादी केन्द्र बिच अन्तर नदेखिएको भन्दै जनताले शङ्का गर्न थालेको बताए । विगतमा माओवादीहरूले फरक पहिचान बनाएको भए पनि पछिल्लो समय कतिपय केन्द्रीय नेताहरूमा पनि भ्रम पैदा हुँदा पार्टी छाड्ने गरेको उनको भनाई छ ।
कपिलवस्तुको शिवराज नगर समितिले चन्द्रौटामा मङ्गलवार आयोजना गरेको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष बरालले माओवादीले आफ्ना एजेन्डाहरूलाई स्थापित गर्न अहिले पनि सर्घष गरिरहेको बताए । विगतलाई स्मरण गर्दै माओवादीहरूले भष्ट्रचारीहरुलाई जनकारबाही गर्ने,बलत्कारीहरु लाई सजाय दिने,समाजमा हुने गलत क्रियाकलाप विरुद्ध माओवादीले मात्र आवाज उठाउँछ भन्न रहे पनि अहिले त्यसो नभई नीति नियम बनाएर सर्घष गरिरहेको बताए ।


समावेशीको सिद्धान्तलाई अघि सारेर दलित,मुस्लिम तथा पछाडि परेका समुदायलाई पनि नेतृत्वमा ल्याउने काम माओवादीले गरेको बरालले दाबी गरे । ‘अहिले सबै पालिकाको प्रमुख,उपप्रमुखमा महिला छन्,सदस्यमा सबै समुदायको प्रतिनिधित्व छ, यो सबै माओवादीले गरेको हो, बरालले भने, ‘सुकुम्बासीहरुलाई लालपुर्जा दिने काम पनि माओवादीले गरेको छ, यसमा अरूले जस पाउने आस गरेका छन् त्यो असम्भव छ, ।’शक्तिशाली कम्युनिस्ट पार्टी निर्माणको लागि प्रचण्डले प्रयास गरे पनि केपी ओलीले गर्न नदिएको आरोप लगाए । अरबौँ रकम लुट्ने, देशमा भ्रष्ट्राचार गर्ने ओलीको योजनामा साथ नदिँदा पार्टी विघटन तर्फ गएको उनले जनाए ।
प्रशिक्षण कार्यक्रममा कपिलवस्तुका इन्चार्ज कमल चुदालीले राष्ट्रपति एमालेको कार्यकर्ताको जस्तो व्यवहार देखाएको बताए । दुवै सदन वाट पारित भएको विधेयकलाई राष्ट्रपतिले रोकेर संविधान विपरीत काम गरेको जनाए । चुदालीले निर्वाचन नजिकिँदै गर्दा पार्टीको सम्पूर्ण शक्तिलाई निर्वाचनमा प्रयोग गर्नुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेश सदस्य रुद्रलाल बन्जाडेले माओवादीको एजेन्डाहरूमा सबै पार्टी रहेको बताए । जनयुद्धबाट प्राप्त गरेको कतिपय उपलब्धिलाई व्यवहार लैजान नसकेको स्वीकार गर्दै निर्वाचनमा बहुमत ल्याउन सके मात्र उपलब्धिलाई संस्थागत गर्न सकिने जिकिर गरे ।कपिलवस्तु क्षेत्र न ३ को निर्वाचनको अवस्था बारे शिवराज नगर उपाध्यक्ष चिन्ता परियारले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma