Developed By Kuldeep Sharma

२ महिना अगाडि

डिप्रोक्स लुघुवित्तद्धारा बाख्रापालन तालिम

 

डिप्रोक्स लुघुवित्त वित्तीय संस्थाले मंगलवार बाख्रापालन तालिम प्रदान गरेको छ । सदस्यहरुलाई व्यवसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्य वित्तिय साक्षरता कार्यक्रम सगै तालिम दिइएको विरपुर शाखाका प्रमुख हरिनारायण ठाकुरले बताउनुभयो । संस्थामा आवद्ध रहेका सदस्य कृषकहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको उहाँले बताउनुभयो । कृषकहरुलाई तालिम आभावका कारण व्यवसायिकरुपमा काम गर्न असहज भएको हुन सक्ने भएकोले तालिमपश्चात सहजता हुने डिप्रोक्स लुघुवित्त वित्तीय संस्था प्रदेश प्रमुख देव देवकोटाले बताउनुभयो । तालिमको शुभरम्भ गर्दै देवकोटाले व्यवसायले आत्मनिर्भर हुुनुका साथै समाजमा पनि सकारत्मक प्रभाव पर्ने बताउनुभयो । तालिमा शिवराज नगरपालिकाका पशु विकास शाखामा प्रमुख धनेश्व खनाल, डिप्रोक्स लुघुवित्त वित्तीय संस्था प्रदेश प्रमुख देव देवकोटा,अनुगमन अधिकृत माधव ढोडारिले सहजिकरण गर्नुभएको थियो । बाख्रामा कसरी रोग लाग्छ,उपचार कसरी गर्न सकिन्छ,पशुपालन कृषकका समस्या र सामाधानको विषयमा प्रशिक्षण दिइएको हो । संस्थाले सुत्केरी भत्ता,काजकिरिया खर्च,उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृती र गसामाजिक उत्तरदात्वि कोषबाट निम्न वर्गको विद्यार्थीलाई शैक्षिक सामाग्री, लगायतका सामाजिक काम गरेको बताइएको छ । तालिममा ४५ जना सहभागि भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma