Developed By Kuldeep Sharma

२ महिना अगाडि

विजयनगरमा १४ वटा खानेपानी आयोजना,घरघर खानेपानी पुर्याउने उद्देश्य

माधव बेल्वासे
चन्द्रौटा कपिलवस्तु
कपिलवस्तुको बिजयनगर गाउँपालिकाले खानेपानीका आयोजनाहरू धमाधम निर्माण सुरु गरेको छ । पालिकामा खानेपानीका १४ वटा आयोजना रहेको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो । सरसफाइलाई विशेष प्राथमिकता दिँदै कतिपय आयोजना निर्माणको काम सकिएको छ भने कतिपय निर्माणको अवस्थामा रहेको थापाको भनाई रहेको छ ।
वडा न १ को जवावैराठ खानेपानी आयोजना, ,वडा न २ कै लोहोरौला खानेपानी आयोजना, वडा न ७ को मधुनगर खानेपानी आयोजना,वडा न ४ को संकरपुर खानेपानी आयोजना र वडा न ३ को जगदिशपुर खानेपानी आयोजना संचालनको अन्तिम चरणमा रहेका छन् । वडा न ६ को प्रेम नगर खानेपानी आयोजना, वडा न २ को मदवानगर खानेपानी आयोजनाले खानेपानी वितरण गरिसकेका छन् ।
त्यस्तै डालपुर खानेपानी आयोजना,बनखेत खानेपानी आयोजना,मघरघट्टा खानेपानी आयोजना,बडसडवा खानेपानी आयोजना,नौडिहवा खानेपानी आयोजना र बदौर खानेपानी आयोजनाको निर्माणको काम भइरहेको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । अबको केही समयमा विजयनगरका घरघरमा शुद्ध खानेपानीको धारा पुग्ने उहाँको भनाइ रहेको छ । खानेपानी शुद्ध नभएकै कारण विभिन्न रोगहरू लाग्ने भएकोले गाउँपालिका बासिलाई शुद्ध खानेपानीको व्यवस्था गर्न निरन्तर लागि रहेको थापाले बताउनुभयो । केही वर्ष देखि रोकिएका योजनाहरू पनि यस वर्षबाट काम सुरु भएको बताउनुभयो ।
दिगो विकासको लक्ष्यलाई पुरा गर्ने गरी गाउँपालिकाले सरसफाइ र खानेपानीलाई विशेष प्राथमिकता दिँदै काम गरेक वास संयोजक अर्जुन बेल्वासेले बताउनुभयो । भरखरै मात्र सचेत नागरिक परिचयपत्र लागु गरेको बताउँदै जिल्ला खानेपानीकोको विशेष सहयोगमा खानेपानीका आयोजनाहरू निर्माणका क्रममा रहेको उहाँले बताउनुभयो ।
वडा न ७ को मधुनगर खानेपानी आयोजनाका पाइपलाई बिछाउने क्रममा रहेको वडा अध्यक्ष दिनेश चौधरीले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पाइपलाइन बिछ्याउन स्थानीयलाई रोजगार दिएको र रोजगार सँगै गाउँको विकास भइरहेको चौधरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma