Developed By Kuldeep Sharma

६ घण्टा अगाडि

शिवराज–११ मा वडा स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न, भदौखर क्रिकेट समूह प्रथम

 

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ११ मा आयोजित वडा स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा भदौखर क्रिकेट समूह प्रथम र थुनिया क्रिकेट समूह उपविजेता बनेका छन्।
प्रतियोगितामा विजेता तथा उपविजेता टोलीका खेलाडीलाई वडा अध्यक्ष रामेश्वर वर्माले सम्मानसहित मेडल प्रदान गर्नुभयो।
युवाहरूमा खेलकुदप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्दै वडा अध्यक्ष वर्माले खेलाडीको हौसला र मनोबल बढाउन सम्मान गरिएको बताउनुभयो। उहाँले खेलकुदले युवाहरूमा अनुशासन, एकता र सकारात्मक सोचको विकास गर्ने भन्दै खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो।
प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेट खेलको विकास र नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma